January 15, 2025
- ADVERTISEMENT -

चितवनबाट रविलाई लगियो रातारात पोखरा

December 5, 2024
file photo.

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले मध्यरातमै पोखरा पुर्‍याइएको छ । सहारा सहकारीको रकम हिनामिना अभियोगमा चितवनमा बुधबार अबेर बयान सकिएपछि राति ३ः३० बजे पोखरा पुर्‍याइएको हो ।

चितवनमा रविको बयान ८ बजेसम्म चलेको थियो । बुधबार दिउँसो लामिछानेको बयान चलिरहँदा चितवनमा रास्वपा समर्थकहरूले गरेको प्रदर्शनमा प्रदर्शनकारी र प्रहरीबीच झडप समेत भएको थियो । त्यसैकारण प्रहरीले रविलाई रातारात पोखरा पुर्‍याएको हो ।

लामिछानेलाई आइतबार पुनः म्याद थप गरेपछि पर्सा लैजाने प्रहरीको तयारी छ । लामिछाने र पूर्वडीआईजी छविलाल जोशीसहित १४ जनाविरुद्ध पर्साबाट पक्राउ पुर्जी जारी भएको छ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रविलाई बयानकै लागि रुपन्देही, कास्की, काठमाडौं, चितवन पुर्‍याइसकिएको छ भने अब आइतबार साँझ वा सोमबार बिहान पर्सा लगिनेछ ।

सानो पाइला सहकारीको रकम अपचलन गरेको कसुरमा उनीहरुविरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -