सर्लाही / गढीमाई मेलास्थलबाट दुई थान पेस्तोलसहित आइतबार साँझ एक युवकलाई पक्राउ परेको छ ।
पक्राउ पर्नेमा बलरा नगरपालिका–६, मिर्जापुर निवासी अन्दाजी १८ वर्षीय गोलु भनिने अमरजितकुमार सहानी रहेको प्रहरीले जनाएको छ ।
गढिमाई मेलास्थलमा हतियार देखाउँदै झैझगडा गरिरहेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट एक थान चाइनिज पेस्तोल र एक थान नलकटुवा पेस्तोल बरामद गरेको छ ।
बरामद पेस्तोलसहित युवकलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मलङ्गवा झिकाइएको जनाइएको छ ।