चितवन / नेपाल पत्रकार महासंघ बागमती प्रदेशको अध्यक्ष पदमा कृष्ण सारु मगर निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न अधिवेशनले मगरसहित १९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
नवनिर्वाचित अध्यक्ष मगरले ४७२ मत ल्याए भने उपविजेता शिव देवकोटाले ३६३ मत मात्र प्राप्त गरेका थिए ।
अधिवेशनबाट उपाध्यक्ष पदमा हरिप्रसाद हुमागाई ५१४ मतसहित विजयी भए भने प्रतिस्पर्धी भोलाप्रकाश पौडेलले २७३ मतमा चित्त बुझाउनु परेको थियो । यस्तै, महिला उपाध्यक्षमा विमला पाण्डे (प्राप्त मत ४८६), महासचिवमा राधेश्याम खतिवडा (प्राप्त मत ४७३), सचिवमा श्यामप्रसाद खतिवडा (प्राप्त मत ४५१), समावेशी सचिवमा काजी श्रेष्ठ (४६५), कोषाध्यक्षमा शंकर अधिकारी (प्राप्त मत ४६९) चयन भएका छन् ।
त्यस्तैगरी महिला सदस्यहरुमा समीक्षा पाण्डे (प्राप्त मत ४२२), सुनिता रखान मगर (प्राप्त मत ४०२), सुनिता सापकोटा (प्राप्त मत ४१३), दलित सदस्यमा यात्री छिदाल परियार (प्राप्त मत ३९८), जनजाति सदस्यहरुमा ज्ञानेन्द्र तामाङ (प्राप्त मत ३५८), सुवर्णलाल श्रेष्ठ (प्राप्त मत ४२१), अल्पसंख्यक सदस्यमा राजन धामी (प्राप्त मत ४२४), खुला सदस्यहरुमा उज्ज्वल अधिकारी (प्राप्त मत ४७२), प्रज्ज्वल पौडेल (प्राप्त मत ४००), वरुण लामिछाने (प्राप्त मत ३५६), सन्तोष अधिकारी (प्राप्त मत ३७१), सुनिल विष्ट (प्राप्त मत ३६०) निर्वाचित भएका हुन् ।