काठमाडौँ / पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाउने एक महिलाको मृत्यु भएको छ । चितवनकी रत्ननगर नगरपालिका १२ घर भएकी ३८ वर्षीया कमला आचार्यले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ मा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी थिइन् ।
आचार्यको उपचारको क्रममा साँखु स्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा मृत्यु भएको काठमाडौँका एसएसपी बसन्त रजौरेले जानकारी दिए ।
शनिवार बा.३५ प ५८१८ नम्बरको स्कुटर चढेर कागेश्वरी मनोहरा नगरपालिका–८ किराँतचोक स्थित बागमती नदी किनारमा गएर उनले आफैँलाई आगो लगाएकी हुन् । उनी परिवारसँग बौद्ध स्थित नारायणटारमा बस्ने गरेकी थिइन् ।