२०८२ कार्तिक २४, सोमबार
November 10, 2025
२०८२ कार्तिक २४, सोमबार
November 10, 2025 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नेकपा एसद्वारा हर्कबहादुर तामाङ माथि भएको आक्रमणको भर्त्सना, कारवाहीको माग

प्रकाशित मिति : २०८१ पुष ३ गते
- ADVERTISEMENT -

चितवन / नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) चितवनले जिल्ला कमिटी सदस्य एवम् जिल्लाका युवा संघ नेपालका अध्यक्ष हर्कबहादुर तामाङ (सुजन) माथि अज्ञात समूहबाट भएको सांघातिक आक्रमणको घोर भर्त्सना गर्दै कार्वाहीको माग गरेको छ ।

एकीकृत समाजवादी पार्टीले बुधबार एक विज्ञप्ति जारी गर्दैं अध्यक्ष तामाङमाथि भएको आक्रमणको घोर र्भत्सना गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

जारी विज्ञप्तिीमा ‘कामको सिलसिलामा लोथर हुँदै फर्कने क्रममा मंगलबार बेलुका करिब साढे ८ बजे राप्ती नगरपालिका वडा नं. ७ वीरेन्द्रनगरचोकमा पारिवारिक भेटघाट गरी गाडीमा बसिसकेको अवस्थामा अज्ञात समूहद्वारा नियोजित ढंगबाट ज्यान मार्ने उद्देश्यका साथ धारिलो हतियार प्रयोग गरी सांघातिक आक्रमण, गम्भीर घाइते बनाइएको र गाडीमा समेत पूर्ण रुपमा क्षति गराइएको घटनाप्रति नेकपा (एकीकृत समाजवादी) चितवन जिल्ला पार्टीको गम्भीर ध्यान आकृष्ट भएको छ ।’ उल्लेख छ ।

‘कानुन हातमा लिएर गरिएको यसप्रकारको ज्यान मार्ने आपराधिक कार्यको घोर निन्दा एवं भत्र्सना गर्दछौं । आपराधिक कार्यमा संलग्न दोषीलाई तत्काल नियन्त्रणमा लिई कडाभन्दा कडा कार्वाही गर्न समेत सम्बन्धित निकायसँग माग गर्दछौ । आपराधिक कार्य गरी समाजमा शान्ति सुरक्षा खलल गर्ने व्यक्ति तथा समूह माथि कडा निगरानी राख्दै समाजमा अमनचयन कायम गर्न समेतं गम्भीर ध्यान आकृष्ट गर्दछौं ।’ नेकपा एस चितवनका अध्यक्ष नरेन्द्र कङ्दवाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -