चितवन / नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनले तीन जना जनजाति पत्रकारहरुलाई सम्मान गरेको छ ।
नेपाल पत्रकार महासंघ चितवनको मंसिर २९ गते सम्पन्न अधिवेशनमा विजयी भएका उनीहरुलाई शुक्रबार सम्मान गरिएको फोनिज चितवनका कार्यवाहक अध्यक्ष तुलमान गुरुङले जानकारी दिए ।
सम्मानित हुनेहरुमा नेपाल पत्रकार महासंघ बागमती प्रदेश सदस्य ज्ञानेन्द्र तामाङ, नेपाल पत्रकार महासंघ चितवनका सहसचिव (समावेशी) राजु चौधरी, नेपाल पत्रकार महासंघ चितवनका कार्यसमिति सदस्य (जनजाति) सुनिलकुमार श्रेष्ठ रहेका छन् । श्रेष्ठ भने जनजाति कोटामा निर्विरोध भएका हुन् ।

नेपाल पत्रकार महासंघ चितवनका पूर्व अध्यक्ष महेन्द्र श्रेष्ठ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ चितवनका निवर्तमान अध्यक्ष सन्दिप श्रेष्ठ, कार्यवाहक अध्यक्ष तुलमान गुरुङलगायतले संयुक्त रुपमा उनीहरुलाई खादा र अविर लगाएर सम्मान गरेका थिए ।
सो अवसरमा तामाङ पत्रकार संघ बागमती प्रदेश सदस्य बबिलाल तामाङ, फोनिज चितवनका सचिव उर्गेन तामाङ, तामाङ पत्रकार संघ चितवनका अध्यक्ष तोकबहादुर तामाङ, नेपाल मगर पत्रकार संघ चितवनका अध्यक्ष आशिक राना लगायतको उपस्थिति रहेको थियो ।