March 15, 2025
- ADVERTISEMENT -

सर्वोच्चद्वारा दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश

December 20, 2024
file photo.

काठमाडौं / मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

न्यायाधीशहरू नहकुल सुवेदी र शारङ्गा सुवेदीको इजलासले प्रसाईंलाई शुक्रबार रिहा गर्न आदेश दिएको हो ।

प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै उनका छोरा निराजन प्रसाईंले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दिएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध भ्रम फैलाएको भन्दै प्रहरीले प्रसाईंलाई पक्राउ गरेको थियो । सो मुद्दामा अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएपनि प्रहरीले व्यापारीलाई धम्क्याएको आरोपमा अदालतबाट जारी भएको अर्को पक्राउ पुर्जीको आधारमा फेरि पक्राउ गरेको थियो ।

- ADVERTISEMENT -