चितवन / नेपाल मगर विद्यार्थी अक्षयकोषमार्फत नेपाल मगर संघ चितवनको १८औँ अधिवेशनको अवसरमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको छ । नेपाल मगर संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुनमगर तथा संघका केन्द्रीय सहअध्यक्ष गङ्गा खासुमगरको उपस्थितिमा ९३ जना जेहेन्दार तथा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको हो ।
अक्षयकोषबाट करिब ६० हजार रूपैयाँ बराबरको शैक्षिक सामग्री वितरण गरिएको अक्षयकोषका अध्यक्ष निर्मल हन्चिङ मगरले जानकारी दिए । ४७ वटा प्रारम्भिक इकाइका ९३ जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको उनले बताए । करिब डेढ दशकअघि स्थापना भएको अक्षयकोष कोषको रकम हाल आठ लाख ५० पुगेको छ ।