निर्वाचन २५ दिन बाँकी
२०८२ माघ २६, सोमबार
February 9, 2026
२०८२ माघ २६, सोमबार
February 9, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

गैंडाको खाक तस्करीको आशंकामा एक जना पक्राउ

प्रकाशित मिति : २०८१ पुष ११ गते
file photo.
- ADVERTISEMENT -

मकवानपुर / गैंडाको खाक तस्करीमा संलग्न रहेको आरोपमा मकवानपुरको हेटौंडा–८ स्थित कालिका टोलबाट एक जना पक्राउ परेको छ ।

चितवन राष्ट्रिय निकुञ्जबाट आएको नेपाली सेनाको टोलीले गैंडाको खाक तस्करीको आशंकामा एक जनालाई विहीबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक विश्वराज खड्काका अनुसार पक्राउ गरिएको व्यक्तिलाई नेपाली सेनाको टोलीले चितवनस्थित राष्ट्रिय निकुञ्जमै लिएर गएको छ । पक्राउ गरिएको व्यक्तिको नाम अझै खुलेको छैन ।

गोली चलेपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । स्थानीयका अनुसार दुईवटा सरकारी नम्बर प्लेटको गाडीमा आएका समूहले पाँच राउन्ड गोली चलाएका थिए ।

- ADVERTISEMENT -

Advertisement

घटनाका प्रत्यक्षदर्शीका अनुसार सेनाले अनावश्यक रुपमा गोली चलाएका थिए । ‘सेनाले मान्छेलाई पूर्णरुपमा नियन्त्रणमा लिइसकेका थिए । तर, अनावश्यक रुपमा हवाइफायर गरे ।’, घटनाको प्रत्यक्षदर्शीले भने । सेनाले पक्राउ गरेको मानिसको खुट्टामा समेत एक गोली प्रहार गरेको आरोप स्थानीयले लगाएका छन् । ‘पक्राउ गरेको मान्छे भाग्ने सक्ने सम्भावना नै थिएन । एकजनालाई ६–८ जनाले घेरेका थिए । यस्तो अवस्थामा सेनाले अनावश्यक रुपमा गोली प्रहार गरेर स्थानीयलाई त्रसित बनाए ।’, प्रत्यक्षदर्शीका अनुसार पक्राउ गरेको मानिसलाई बोरामा कोचेर राखिएको थियो ।

गोली चलेपछि स्थानीय त्रसित बनेका थिए । उनीहरुले सेनाको गाडीलाई रोकेर घटनाको विषयमा जानकारी लिन खोजेपछि सेनाले उल्टै उनीहरुलाई नै बन्दुक तेर्साएका थिए । जसका कारण स्थानीयले उक्त गाडी जिल्ला प्रहरी कार्यालय मकवानपुरका सहयोगमा नियन्त्रणमा लिएका थिए । स्थानीय र प्रहरीले गाडी नियन्त्रणमा लिएपछि सेनाको टोलीले स्थानीयसँग माफी मागेका थिए ।

प्रहरीका अनुसार चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका संरक्षण अधिकृत दिनेश श्रेष्ठ, निकुञ्जका सुरक्षार्थ खटिएका नयाँ गोरख गणका उपसेनानी दीपक बाँस्कोटा नेतृत्वको टोली खाक तस्करको आरोपीलाई पक्राउ गर्न हेटौंडा आएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
144.76
145.36
European Euro
1
170.70
171.41
UK Pound Sterling
1
196.72
197.54
Swiss Franc
1
186.09
186.86
Australian Dollar
1
101.01
101.43
Canadian Dollar
1
105.78
106.22
Singapore Dollar
1
113.68
114.16
Japanese Yen
10
9.22
9.26
Chinese Yuan
1
20.86
20.95
Saudi Arabian Riyal
1
38.60
38.76
Qatari Riyal
1
39.61
39.77
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
39.41
39.58
Malaysian Ringgit
1
36.67
36.82
South Korean Won
100
9.87
9.91
Swedish Kroner
1
15.98
16.05
Danish Kroner
1
22.86
22.95
Hong Kong Dollar
1
18.52
18.60
Kuwaity Dinar
1
473.69
475.65
Bahrain Dinar
1
383.97
385.56
Omani Rial
1
376.02
377.58