February 8, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -

कालिका नपाका २०३ विद्यार्थीलाई न्यानो कपडा

January 1, 2025

चितवन / कालिका नगरपालिका वडा नं. ३ स्थित श्री आधारभूत विद्यालय वनकट्टामा अध्ययनरत २०३ जना विद्यार्थीहरुलाई न्यानो कपडा (ट्रयाक सुट) वितरण गरिएको छ ।

लायन्स क्लबहरुको संयुक्त आयोजनामा उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई मंगलबार न्यानो कपडा वितरण गरिएको लायन्स क्लब अफ नारायणगढ दियालोका अध्यक्ष असिम हमालले जानकारी दिए ।

लायन्स क्लब अफ हिमालयज पाटन, लायन्स क्लब अफ भरतपुर, लायन्स क्लब अफ नारायणगढ बालकुमारी, लायन्स क्लब अफ नारायणगढ दियालो, लायन्स क्लब अफ चितवन सेन्ट्रल र लायन्स क्लब अफ काठमाडौँ उमा एपोलोले सामाजिक उत्तरदायित्व वहन गर्दै जाडोलाई थोरै भए कम गर्ने उद्देश्यले विद्यार्थीहरुलाई न्यानो कपडा उपलब्ध गराएको अध्यक्ष हमालले बताए ।

लायन्स क्लबका डिस्ट्रिक्ट गवर्नर दिनानाथ न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । कालिका नगरपालिका वडा नं. ३ का अध्यक्ष वीरेन्द्र तामाङ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर तामाङ, लायन्स क्लब अफ चितवन सेन्ट्रलका अध्यक्ष कमल उपाध्याय, लायन्स डिस्ट्रिक्टका प्रथम भाइस डिस्ट्रिक्ट गवर्नर प्रभाकर पण्डित लगायतले मन्तव्य दिएका थिए ।

कार्यक्रममा लायन्स क्लब अफ काठमाडौँ उमा एपोलोका सचिव लायन सुजनबाबु लोहनीले स्वागत मन्तव्य दिए भने सञ्चालन लायन्स क्लब अफ भरतपुरका अध्यक्ष सन्तोष मजाकोटी गरेका थिए ।

कार्यक्रम लायन्स क्लब अफ नारायणगढ दियालोका अध्यक्ष असिम हमालको अध्यक्षतामा सम्पन्न भएको थियो । पछिल्लो समय देशैभर जाडो बढ्दै गएपछि विभिन्न सामाजिक संघसंस्थाहरुले गरिब तथा विपन्नहरुलाई न्यानो कपडा वितरण गर्दै आएको छ ।

- ADVERTISEMENT -