February 8, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रत्ननगर दुर्घटनामा गम्भीर घाइते एकको मृत्यु

January 4, 2025
फाइल तस्बिर ।

चितवन / रत्ननगर नगरपालिका–१० त्रिनेत्र पेट्रोल पम्प अगाडि पुस १५ गते भएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका एक व्यक्तिको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१३ बस्ने वर्ष ३२ को राज कुमार घलानको शुक्रवार बेलुका साढे ५ बजे मृत्यु भएको हो ।

पुस १५ गते तमु ल्होसारको दिन साँझ ७ बजेको समयमा मादक पदार्थ सेवन गरेका दुई व्यक्ति सवार मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो ।

पूर्व–पश्चिम राजमार्गमा भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको बा ९३ प ९३७० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक हेटौंडा–१३ बस्ने वर्ष ३१ को प्रताप लामा र राजकुमार घलान घाइते भएका थिए ।

दुवैको चितवन मेडिकल कलेजमा उपचार गरिएको थियो । मोटरसाइकल चालक लामा भने डिस्चार्ज भएर घर गइसकेका छन् ।

- ADVERTISEMENT -