February 8, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रोल्पाबाट सुन्तला बोकेर हिँडेको पिकअप दुर्घटना

चालकको मृत्यु, तीनजना गम्भीर
January 11, 2025

काठमाडौं / सुन्तला बोकेको पिकअप भ्यान दुर्घटना हुँदा एकजनाको मृत्यु, तीनजना गम्भीर भएका छन् । रोल्पाबाट सुन्तला बोकेर दाङतर्फ जाँदै गरेको उक्त पिकअप शुक्रबार दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार रा१च ८६८७ नम्बरको पिकअप त्रिवेणी गाउँपालिका ४ मथुरापानी भन्ने स्थानमा शुक्रबार दुर्घटना भएको हो ।

दुर्घटनामा चालकको मृत्यु भएको छ भने अन्य तीनजना गम्भीर घाइते हुन् । पिकअप रोल्पाको माडी गाउँपालिका १ भितावाङबाट सुन्तला बोकेर तुल्सीपुरका लागि छुटेको थियो । घाइते तीनै जनाको उद्धारपश्चात् उपचारको लागि दाङ पठाइएको छ ।

गाडीको ब्रेक फेल भई दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान छ ।

- ADVERTISEMENT -