February 8, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -

आँधीका कारण तीन हजार बढी उडान रद्द

January 11, 2025
file photo.

एजेन्सी / अमेरिकामा आँधीका कारण शुक्रबार तीन हजार भन्दा बढी उडानहरू रद्द भएका छन् ।

डेल्टा एयरलाइन्सले एटलान्टा अन्तर्राष्ट्रिय एयरपोर्टका सबै पाँच रनवेहरू दुई घण्टा भन्दा बढीका लागि बन्द गरिएको बताएको छ । डेल्टा विमानले पनि इन्जिनमा समस्या आएपछि एटलान्टामा उडान रद्द गर्नुपरेको थियो ।

डलास–फोर्ट वर्थ (टेक्सास) र शार्लोट डगलस (उत्तरी क्यारोलिना) पनि उडानहरू खराब मौसमबाट प्रभावित भएका थिए । फ्लाइटअवेयरका अनुसार दुवै एयरपोर्टहरूमा एक हजार २०० भन्दा बढी उडानहरू रद्द गरियो ।

संयुक्त राज्य अमेरिका यस हप्ताको सुरुमा आँधीको चपेटामा परेको थियो । यहाँ पाँच जनाको ज्यान गएको र सयौँ उडानहरू रद्द भएको थियो ।

केही ठाउँमा तापक्रम शून्य डिग्री फरेनहाइट (–१८ डिग्री सेल्सियस) भन्दा तल झर्‍यो र हजारौँ मानिसहरू बिजुलीविहीन भए । एजेन्सी

- ADVERTISEMENT -