काठमाडौँ / यस वर्षको एसईई परीक्षा यही चैत ७ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले आज (मंगलबार) एसईईको समयतालिका सार्वजनिक गरेको छ ।
बोर्डले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को समयतालिका सार्वजनिक गरेको हो ।
परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ ।
