February 8, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवन महोत्सवमा आज करण परियार र रितु कँडेलको धमाका

January 15, 2025

चितवन / उद्योग वाणिज्य संघ चितवनद्वारा आयोजित १५औं संस्करणको चितवन महोत्सव नारायणी नदी किनारमा जारी छ ।

महोत्सवको सातौं दिन आज (बुधबार) यसअघि झैँ विविध सांस्कृतिक कार्यक्रम पनि चलिरहेकै छ ।

महोत्सव प्रवद्र्धन समितिका संयोजक राजेन्द्र ओलीका अनुसार आज दिउँसो ३ः३० बजेपछि करण परियार र रितु कँडेलको प्रस्तुती रहने छ ।

यससँगै समय समयमा दिनभर नै स्थानीय कलाकारको प्रस्तुती समेत रहने छ । जसमा नारायणी कला मन्दिर नारायणगढको विभिन्न प्रस्तुती, नेपाल कुमाल समाज चितवन, थारु कल्यणकारी सभा चितवन, नेपाल तामाङ धेदुङ, नेपाल दराइ उत्थान, पुन समाज नेपाल, दुरा सेवा समाज चितवन, प्रतिभा मञ्च बिजेता कावासोती, निसी सिंह र स्थानीय गायककोे प्रस्तुती रहने छ ।

पुष २५ गते बाट सुरु भएको चितवन महोत्सव माघ १० गतेसम्म चल्ने छ । महोत्सव बिहान १० बजेबाट बेलुका ६ बजेसम्म सञ्चालन भइरहेको छ । महोत्सवको टिकट शुल्क सर्वसाधारणका लागि १०० र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ ।

चितवन महोत्सव अन्तर्गत नै पुष २९ गतेबाट नारायणगढको क्याम्पाचौरमा फुड फेस्टिबल समेत सुरु भएको छ । फुड फेस्टिबल व्यवस्थापन समितिका संयोजक गुणराज पौडेलका अनुसार फुड फेस्टिबल माघ ७ गतेसम्म चल्ने छ भने बिहान ८ बजेबाट राति १० बजेसम्म सञ्चालन हुने छ । फुड फेस्बिटलमा समेत विविधि सांस्कृतिक कार्यक्रम हुनेछन् ।

- ADVERTISEMENT -