February 6, 2025
- ADVERTISEMENT -

विपक्षी दलले संयुक्त पत्रकार सम्मेलन गर्ने

January 16, 2025

काठमाडौं / संघीय संसदका विपक्षी ६ दलहरूले आज (बिहीबार) पत्रकार सम्मेलन गर्दैछन् ।

विपक्षी दलको संयुक्त बैठकले हिजो (बुधबार) बसेको संसद्को हिउँदे अधिवेशन बोलाउन सरकारसँग माग गर्ने सहमति जुटाएसँगै पत्रकार सम्मेलनको आयोजना गर्न लागेका हुन् ।

अध्यादेशबाट सरकार सञ्चालन गर्ने प्रवृत्ति देखिएको साझा निष्कर्ष निकाल्दै विपक्षी ६ दलको बैठकले चाँडोभन्दा चाँडो नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन माग गर्ने समझदारी गरेका थिए ।

पत्रकार सम्मेलनको तयारीका लागि नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन र नेकपा एसका नेता बेदुराम भुषालको २ सदस्यिय कार्यदल बनाएको छ। विपक्षीहरूको साझा धाराणा बनाउन ड्राफ्ट तयार गर्ने जिम्मेवारी उनीहरूलाई तोकेको थियो ।

सम्मेलनमा विपक्षी दलका शिर्ष नेताहरूले सम्बोधन गर्ने भनिएको छ। समय र स्थानबारेमा भने खुलाइएको छैन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -