निर्वाचन २४ दिन बाँकी
२०८२ माघ २६, सोमबार
February 9, 2026
२०८२ माघ २६, सोमबार
February 9, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

समाजसेवी लामाद्वारा पदभार ग्रहण, शुभकामना व्यक्त गर्नेको ओइरो [with video]

‘भूमिहीन जनतालाई न्याय दिनको लागि काम गर्नेछु’
प्रकाशित मिति : २०८१ माघ ४ गते
तस्विर : विना तामाङ, न्यूजप्रवाह ।
- ADVERTISEMENT -

– बबिलाल तामाङ

चितवन । भूमि समस्या समाधान आयोग चितवनका नवनियुक्त अध्यक्ष इमानसिंह लामाले पदभार ग्रहण गरेका छन् । राप्ती नगरपालिका निवर्तमान उपमेयर तथा समाजसेवी लामाले बिहीबार पदभार ग्रहण गरी आफ्नो कार्यकक्ष सम्हालेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

पदभार ग्रहण पश्चात अध्यक्ष लामाले चितवन जिल्लामा रहेका भूमिहीन जनताहरुलाई न्याय दिनको लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपाल सरकारले निर्माण गरेको कानुन, ऐन र कार्यविधि अनुसार भूमि समस्या समाधान गर्न पहल गर्ने उनको भनाइ थियो ।

उनले वर्षौदेखि भूमिहीन भएकाहरुको पीडा मसिनो ढंगबाट अध्ययन गरेको बताए । आगामी दिनमा आफ्नो बुद्धि र विवेकले भ्याएसम्म कुनै कसुर नराखी भूमिहिन जनताको निम्ति लागि पर्ने उनले बताए ।

- ADVERTISEMENT -

Advertisement

अध्यक्ष लामा नेपाल तामाङ बुद्धिजीवी वर्ग समूहका प्रमुख सल्लाहकार समेत रहेका उनी लुम्बिनी बिकास कोषका कार्यकारी प्रमुख समेत भए ।

लुम्बिनी विकास योजनालाई बढी समन्वयात्मक र सुचारु रुपले संचालन गर्न महत्वपूर्ण योगदान साथै प्रमुख भूमिका निभाएको भन्दै अन्तर्राष्ट्रियस्तरबाटै उनी सम्मानित भएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री दावा दोर्जे लामाले भूमिहीन जनताको पक्षमा सबै पक्षको हातेमालो र समन्वय जरुरी रहेको बताए ।

कार्यक्रम जिल्ला समन्वय समिति चितवनका सभापति नारायण अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो । उनले नवनियुक्त अध्यक्ष लामाको कार्यकाल सफलताको शुभकामना व्यक्त गरे । भूमिहीन समस्या समाधानका निम्ति आवश्यक सल्लाह सुझाव र समन्वयका लागि सँगसँगै रहने बताए ।

कार्यक्रममा भूमि समस्या समाधान आयोग चितवनका पूर्व अध्यक्ष बद्रि तिमिल्सिना, नेपाल तामाङ घेदुङ चितवनका अध्यक्ष बाबुलाल थिङ लगायतको उपस्थिति रहेको थियो ।

अध्यक्ष लामालाई बधाई तथा शुभकामना व्यक्त गर्न तामाङ समुदायका विभिन्न संघसंगठनहरुका प्रमुखहरु, राजनीतिक दलका नेताहरु, सरकारी कार्यालयका प्रमुखहरु एवम् शुभचिन्तकहरु लगायतको ओइरो नै लागेको थियो ।

विगत लामो समयदेखि दुःखी, गरिब र सहाराविहीनहरुको सहारा बन्दै आइरहेका लामाले राप्ती नगरपालिकाको उपमेयरमा रहँदा आफूले पाएका सबै सेवा सुविधा वापतको भत्ता खर्चहरु दुःखी, गरिव, असहाय, अपाङ्गलगायत एकल महिलाहरुको लागि सहयोग गर्नुका साथै ६ वटा घर निर्माण गरी हस्तान्तरण गरेका हुन् ।

कोभिड महामारीको समयमा २२७ जना बिरामीहरुलाई प्रत्यक्ष रुपमा आफैं सहभागी भई हस्पिटलसमा लाने र लैजाने साथै उपचार कार्यमा सहयोग गरेका थिए ।

हालसम्म पनि उनले आफ्नो सहयोगी हातलाई निरन्तरता दिइरहेका उनी सहयोगी र उदारवादी भावना भएका जनप्रिय नेताका रुपमा परिचित छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
144.76
145.36
European Euro
1
171.06
171.77
UK Pound Sterling
1
197.07
197.89
Swiss Franc
1
186.61
187.38
Australian Dollar
1
101.57
101.99
Canadian Dollar
1
105.82
106.26
Singapore Dollar
1
113.88
114.35
Japanese Yen
10
9.21
9.25
Chinese Yuan
1
20.86
20.95
Saudi Arabian Riyal
1
38.60
38.76
Qatari Riyal
1
39.71
39.88
Thai Baht
1
4.60
4.61
UAE Dirham
1
39.41
39.58
Malaysian Ringgit
1
36.67
36.82
South Korean Won
100
9.89
9.93
Swedish Kroner
1
16.04
16.11
Danish Kroner
1
22.90
22.99
Hong Kong Dollar
1
18.53
18.60
Kuwaity Dinar
1
473.69
475.65
Bahrain Dinar
1
383.98
385.57
Omani Rial
1
376.02
377.58