२०८२ कार्तिक २४, सोमबार
November 10, 2025
२०८२ कार्तिक २४, सोमबार
November 10, 2025 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

तमू प्ये ल्हु संघद्वारा कराँदीप सामुदायिक होमस्टेको अवलोकन

संस्थागत विकासमा टेवा पुग्ने विश्वास
प्रकाशित मिति : २०८१ माघ ७ गते
- ADVERTISEMENT -

देवघाट / तमू प्ये ल्हु संघ चितवनले तनहुँको देवघाट गाउँपालिका वडा नं.२ स्थित कराँदीप सामुदायिक होमस्टेको अवलोकन गरेको छ । यसवर्षको ल्होसारसम्बन्धी समीक्षात्मक बैठकसहित होमस्टेको अवलोकन गरिएको प्ये ल्हु संघ चितवनले जनाएको छ । होमस्टेको अवलोकनबाट संस्थागत विकासमा थप टेवा पुग्ने विश्वास लिइएको तमू प्ये ल्हु संघ चितवनका अध्यक्ष विक्रम च्हम्रु तमूले जानकारी दिए ।

साथै होमस्टेमा भएको समीक्षात्मक बैठकले यसवर्षको तमू ल्होसार पर्व सामान्य खर्चमा मनाएको निष्कर्ष निकालेको छ । यस वर्ष तमू प्ये ल्हु संघ चितवनको आफ्नै जमिन खरिद र त्यसमा आवश्यक संरचना निर्माणको अभियानमा लागेको हुँदा सामान्य खर्चमा ल्होसार मनाएको अध्यक्ष तमूले बताए ।

- ADVERTISEMENT -

Advertisement

समीक्षा बैठकसँगै नयाँ ठाउँको अवलोकन गर्नको लागि पनि यसपटक कराँदीप आइपुगेको उनको भनाइ थियो । मगर जातिको बसोबास रहेको गाउँमा फरक खालको अनुभव गर्न पाएको उनले बताए । ‘यसरी नयाँ ठाउँको अवलोकन गर्दा संस्थागत विकासमा टेवा पुग्ने रहेछ,’ उनले भने, ‘त्यसकारण हामीले आन्तरिक स्रोत जुटाएरै भए पनि केही न केही उद्देश्य लिएर नयाँनयाँ ठाउँ घुम्ने र अनुभव बटुल्ने काम गर्दै आएका छौँ ।’

प्ये ल्हु संघ चितवनले आगामी वर्षदेखि तमू ल्होसार पर्व आफ्नै जग्गामा मनाउने गरी योजना अगाडि बढाइरहेको उनले बताए । ‘अहिले हामी संस्थाको नाममा जमिन खरिद गर्ने र त्यसमा आवश्यक संरचना निर्माण गर्न आर्थिक सङकलन अभियानमै छौँ,’ अध्यक्ष तमूले भने, ‘त्यसकारण आगामी दिनमा तमू प्ये ल्हु संघलाई ल्होसार कता मनाउने भन्ने चिन्ता हुँदैन ।’

प्ये ल्हु संघ चितवनले भरतपुर–४ स्थित यज्ञपुरीमा जमिन खरिद गर्दैछ । त्यसको लागि स्वदेश तथा विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुसँग पनि अर्थ सङ्कलन गरिरहेको उनले बताए । ‘केही महिनायता हामी यही अभियानमा छौँ,’ उनले भने, ‘हाम्रो अभियान पुण्य कमाउने अभियान भएकोले सबैबाट सहयोग मिलेको छ ।’

यसअघि आफ्नै जमिन नहुँदा प्ये ल्हु संघले भरतपुर–११ स्थित नौरङ्गेमा रहेको खेमा तमू समाजसँग मिलेर सानो क्होइबो परिसरमा ल्होसार मनाउँदै आएको थियो । २०६० सालमा स्थापना भएको संघले दुई दशकपछि बल्ल आफ्नै क्होइबोसहितको संरचना निर्माण गर्ने गरी जमिन खरिद गर्ने अभियान थालेको हो । प्ये ल्हु संघले चितवन जिल्लामा विभिन्न स्थानमा इकाइ समिति गठन गर्दै ३३ वटा समिति निर्माण गरिसकेको छ । शनिबार कराँदीप पुगेको प्ये ल्हु संघ चितवनको २२ जनाको समूह आइतबार चितवन फर्किएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -