February 8, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -

आज चितवन महोत्सवमा राष्ट्रिय कलाकारको बेजोड प्रस्तुति

January 21, 2025
File photo.

चितवन / नारायणी नदी किनारमा जारी १५औं संस्करणको चितवन महोत्सवमा आज (मंगलबार) राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने छन् ।

महोत्सव सांस्कृतिक समिति संयोजक नारायण प्रधानका अनुसार बिहान ११ः३० बजेपछि कलाकार प्रजापती पराजुली, आशा बिसी र प्रीति आलेले धुम मचाउने छन् । त्यसैगरी स्थानीय कलाकार जिबी सुनार र आयुस्मा केसी साथै ४ बजेपछि कलाकार बिन्दु परियारको प्रस्तुती रहने छन् ।

आजै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतियोगिताको फाइनल हुने संयोजक प्रधानले बताए ।

कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनको प्रवद्र्धन गर्दै यस क्षेत्रको आर्थिक पुनरुत्थानमा सहयोग पुर्याउने उद्देश्यले आयोजित चितवनको गौरव र गरिमामय प्रस्तुती चितवन महोत्सव २०८१ पुष २५ बाट सुरु भएको थियो भने माघ १० गतेसम्म चल्ने छ ।

महोत्सवमा सांस्कृतिक कार्यक्रमसहित नृत्य प्रतियोगिता, दोहोरी प्रतियोगिता, विभिन्न खेलकुदका प्रतियोगिता, गोष्ठी लगायतका अतिरिक्त गतिविधिहरु समेत भइरहेका छन् । स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रदर्शक गरी ४३० भन्दा बढी स्टल रहेको चितवन महोत्सव उल्लासमय तरिकाले चलिरहेको छ । महोत्सवमा फिस टनेल, मनोरञ्जन पार्कहरु पनि रहेका छन् । जसले महोत्सवलाई थप आकर्षण थपिरहेको छ ।

- ADVERTISEMENT -