चितवन / समाजवादी विद्यार्थी युनियन नेपाल बालकुमारी चितवनको मुल इकाई समितिको भेला सम्पन्न भएको छ ।
आसन्न स्ववियु निर्वाचनको तयारी अभियानको सिलसिलामा विपिनचन्द्र रेग्मीको अध्यक्षतामा २१ सदस्यीय बालकुमारी क्याम्पस मुल इकाई समिति गठन भएको हो ।
- ADVERTISEMENT -

जसको उपाध्यक्षहरुमा नन्दनी गुप्ता, प्रदीप पन्त र विशल बगाले, सचिवमा सन्दीप शाह, सह–सचिवहरुमा सीता घर्ती, रोहित आले र कोषाध्यक्षमा सुरज उपाध्याय रहेका छन् ।
जिल्ला पार्टीका संयोजक तथा समाजवादी युवा भोलेन्टियर्स फोर्सका केन्द्रीय सदस्य अनुज जोशिको प्रमुख आतिथ्यमा भएको थियो ।
कार्यक्रममा शिपमुलक विधार्थी आन्दोलन आजको आवश्यकता रहेको र यसको लागि कलेज प्रशाशनले पहल लिन सके विद्यार्थीको लहर वढ्ने जोशीको भनाई थियो ।
नवनिर्वाचित समितिले आसन्न स्ववियु निर्वाचनलाई मध्यनजर गर्दै आफ्ना कार्यक्रमहरु तय गरी अगाडि बढ्ने लक्ष्य लिइएको नवनिर्वाचित अध्यक्ष रेग्मीले जानकारी दिए ।