April 20, 2025

चितवनमा ‘एक्सपर्ट एडु फेयर’ हुने

February 21, 2025
- ADVERTISEMENT -

चितवन / एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनको आयोजनामा आउँदो आइतबार (फागुन ११ गते) शैक्षिक मेला ‘एक्सपर्ट एडु फेयर’ हुँदैछ ।

भरतपुर–१०, स्थित एक्सपर्ट बेस क्याम्पमा हुने उक्त मेलामा अष्ट्रेलिया, युके र न्युजील्याण्डका ३५ बढी युनिभर्सिटी तथा कलेजका प्रतिनिधिबाट विद्यार्थीले जानकारी लिन सक्नेछन् । मेला बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म चल्नेछ ।

युनिभर्सिटी तथा कलेजबाट प्रतिनिधि नै उपस्थित हुने भएकोले विद्यार्थीले आधिकारिक र भरपर्दो जानकारी लिन सक्ने एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए ।

ब्याचलर्स, मास्टर्स तथा रिसर्च लेभलका विभिन्न प्रोग्राममा पढ्न विदेश जान चाहने विद्यार्थीका लागि मेला फलदायी हुने उनले बताए ।

‘उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थी अन्यौलमा पर्नुभएको छ भने यो मेला निकै फलदायी हुनेछ, विद्यार्थी तथा अभिभावक प्रत्यक्ष रुपमा कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुसँग भेटेर जानकारी लिन सक्नुहुनेछ’ अधिकारी भने ।

‘एक्सपर्ट एडु फेयर’को बैंकिङ पार्टनमा माछापुच्छ्र्र बैंक रहेको छ भने एजुकेशन पार्टनरमा ‘आइडीपी आइएलटिएस’ रहेको छ । एक्सपर्टले २१ वर्षदेखि शैक्षिक परामर्शको क्षेत्रमा काम गर्दै आइरहेको छ ।

एक्सपर्टबाट अष्ट्रेलिया, क्यानडा, युके, युएसए, न्युजिल्याण्ड तथा आयरल्याण्डका विश्वविख्यात युनिभर्सिटी तथा कलेजमा अध्ययन गर्न जानका लागि शैक्षिक परामर्श प्रदान गरिन्छ साथै भाषा परीक्षाहरू आइइएलटिएस, पिटिई र स्याट तयारी कक्षा पनि सञ्चालन भइरहेका छन् ।

- ADVERTISEMENT -