April 20, 2025

तीनवटा चलचित्र मैदानमा, अग्रिम बुकिङमा ‘लाज शरणम्’

February 26, 2025
- ADVERTISEMENT -

चितवन / तीनवटा नेपाली चलचित्र शिवरात्रिको बिदाको अवसर पारेर आज (बुधबार) रिलिज भएका छन् । ‘लाज शरणम्’, ‘फेरि रेशम फिलिली’ र ‘मायावी’ प्रदर्शनमा आएका हुन् ।

चलचित्र ‘लाज शरणम्’ लोकप्रिय हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले निर्माण गरेको चलचित्र हो । यसमा मुख्य भूमिकामा सिताराम कट्टेल (धुर्मुस) छन् । चलचित्रलाई कुमार कट्टेलले निर्देशन गरेका छन् ।

‘फेरि रेशम फिलिली’लाई निरोज महर्जनले निर्देशन गरेका छन् । यसमा विनय श्रेष्ठ र सुपुष्पा भट्ट मुख्य भूमिकामा छन् । ‘मायावी’लाई दिवाकर भट्टराईले निर्देशन गरेका छन् । यसमा पल शाह र दिपीका प्रसाईं मुख्य भूमिकामा छन् ।

यी तीन चलचित्रमध्ये ‘लाज शरणम्’ले सबैभन्दा धेरै शो पाएको छ । अग्रिम बुकिङमा पनि अरुभन्दा ‘लाज शरणम्’ अगाडि देखिएको छ । यसले बक्सअफिस कलेक्सन राम्रो गर्ने संकेत गरेको छ ।

- ADVERTISEMENT -