२०८३ बैशाख ७, सोमबार
April 20, 2026
२०८३ बैशाख ७, सोमबार
April 20, 2026 Monday
- ADVERTISEMENT -

सिद्धिविनायकको नेतृत्व तथा क्षमता विकास तालिम

महिला शेयर सदस्यहरु लाभान्वित, सय बढीको सहभागिता
प्रकाशित मिति : २०८१ फाल्गुन १६ गते

– विना तामाङ

चितवन । भरतपुर महानगरपालिका वडा नं. २ क्षेत्रपुरमा स्थित सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्था लि. (साकोस) को नेतृत्व तथा क्षमता विकास तालिम सम्पन्न भएको छ । संस्थाका महिला शेयर सदस्यहरुलाई लक्षित गरी उक्त तालिम दिइएको संस्थाका अध्यक्ष थिरप्रसाद धितालले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

अध्यक्ष धितालले व्यानर वाचन गरेर तालिमको उद्घाटन गरेका हुन् । उद्घाटन पश्चात बोल्दै अध्यक्ष धितालले शेयर सदस्यहरुको व्यवसायलाई मध्यनगर गरेर ऋणको व्याजदरमा मिनाह गरिएको बताए ।

शेयर सदस्यहरुले संचालन गरेका कुनै पनि व्यवसायको व्यापार वृद्धि गर्न ऋण माग गरिएको खण्डमा संस्थाले सहजीकरण गर्न सकिने उनको भनाइ थियो । कार्यक्रममा शेयर सदस्यहरुलाई विगतदेखि वर्तमानसम्मका संस्थागत जानकारीबारे उनले प्रकाश पारेका थिए ।

पछिल्लो समय सबै सरकारीमा तरलताको समस्या विद्यमान रहेको छ भने हरेक व्यवसाय खस्कँदो अवस्थामा रहेको छ । शेयर सदस्यहरुको लागि सेवामूलक भावनाले स्थापित यस संस्थाले भने हालको अवस्थामा पनि ऋण प्रवाह गर्न सक्ने ल्याकत राखेको पाइएको छ ।

देशैभर आम मानिसको सहकारी प्रति विश्वास गुम्दै गरेको यस विषम परिस्थितिमा यस संस्थाले आफ्नो गरिमामयलाई जोगाउन सफल देखिएको छ ।

संस्थाले सामाजिक उत्तरदायित्व वहन गर्दै निःशुल्क स्वास्थ्य शिविर, खुल्ला रक्तदानलगायत विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । संस्थाको हाल कुल पुँजी ३४ करोड रहेको बताइएको छ ।

कार्यक्रममा स्वस्तिका तिवारीले प्रशिक्षण दिएकी हुन् । प्रशिक्षक तिवारीले हरेक नारीले आफ्नो सोच बदल्ने बेला आएको बताइन् । नारीहरुले समय अनुसार आफूलाई रुपान्तरण गर्नुपर्ने उनको आग्रह थियो ।

कार्यक्रममा संस्थाका सल्लाहकार तथा निवर्तमान उपाध्यक्ष भगवती पाण्डे, उपाध्यक्ष मुकुन्दप्रसाद गौतम, कोषाध्यक्ष रामप्रसाद घिमिरे, सहसचिव संगीता गौतम, सदस्य सीता सापकोटा, लेखा सुपरीवेक्षण समिति संयोजक विनोद पौडेल, व्यवस्थापक विकास पौडेललगायतको उपस्थिति थियो ।

संस्थाका महिला सशक्तिकरण उपसमितिकी संयोजक इन्दिरा पन्थ लामिछानेले स्वागत मन्तव्य र सचिव जयराम पाण्डेले कार्यक्रम संचालन गरेका हुन् ।

संस्थाले नेतृत्व तथा क्षमता विकास तालिमले महिला शेयर सदस्यहरुले लाभान्वित भएको विश्वास गरेको छ भने आगामी दिनमा पनि नारी लक्षित कार्यक्रमलाई निरन्तरता दिने भएको छ । कार्यक्रममा १ सय बढीको उपस्थिति रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.39
148.99
European Euro
1
174.56
175.26
UK Pound Sterling
1
200.57
201.38
Swiss Franc
1
189.79
190.56
Australian Dollar
1
106.37
106.80
Canadian Dollar
1
108.37
108.80
Singapore Dollar
1
116.83
117.30
Japanese Yen
10
9.35
9.39
Chinese Yuan
1
21.77
21.85
Saudi Arabian Riyal
1
39.56
39.72
Qatari Riyal
1
40.70
40.86
Thai Baht
1
4.65
4.66
UAE Dirham
1
40.40
40.56
Malaysian Ringgit
1
37.54
37.70
South Korean Won
100
10.11
10.16
Swedish Kroner
1
16.19
16.26
Danish Kroner
1
23.36
23.45
Hong Kong Dollar
1
18.95
19.02
Kuwaity Dinar
1
484.38
486.34
Bahrain Dinar
1
393.61
395.20
Omani Rial
1
385.93
387.49