भरतपुर / नेपाल आदिवासी जनजाति युवा महासंघ चितवनको अध्यक्षमा दीपक प्रजा चयन भएका छन् । भरतपुरमा शनिबार सम्पन्न तेस्रो जिल्ला अधिवेशनबाट प्रजाको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरिएको हो ।
आगामी तीन वर्षे कार्यकालको लागि गठित समितिको वरिष्ठ उपाध्यक्षमा रोशन गुरूङ, उपाध्यक्षमा राकेश श्रेष्ठ, सचिवमा सविन गुरूङ, सहसचिवमा कल्पना दराई र सौरभकिरण महतो चयन भएका छन् ।
सदस्यहरुमा झलक गुरूङ, अनुराग गुरूङ, एलएफ पेमी मगर, अञ्जिता दराई, दीपक दराई, पुजन कुमाल र मोनिका चेपाङ चयन भएका छन् ।
२१ सदस्यीय कार्यसमितिको लागि कोषाध्यक्षसहित बाँकी सदस्य पछि मनोनित गर्ने महासंघले जनाएको छ ।
अधिवेशनको उद्घाटन सत्रमा भरतपुर महानगरपालिका वडा नं.११ का अध्यक्ष कमलबहादुर मल्ल, नेपाल आदिवासी जनजाति महासंघ चितवनका संस्थापक अध्यक्ष ओम गौचन, पूर्वअध्यक्ष पदमबहादुर गुरूङ, वर्तमान अध्यक्ष महेन्द्र दुरा, थारू कल्याणकारिणी सभा चितवनका सभापति ललितकुमार चौधरी, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ चितवनका अध्यक्ष तुलमान गुरूङलगायतको उपस्थिति थियो ।