March 15, 2025
- ADVERTISEMENT -

एमालेको सचिवालय बैठक बस्दै

March 2, 2025

काठमाडौं / नेकपा एमालेको सचिवालय बैठक आज (आइतबार) बस्दैछ । बैठक दिउँसो २ बजेदेखि केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी बोलाइएको हो ।

बैठकमा सरकारले ल्याएका अध्यादेश पारित गर्ने विषयमा छलफल हुने सुरु हुने केन्द्रीय कार्यालय सचिव भिष्म अधिकारीले जानकारी दिए । सत्ता सहकार्यमा रहेको नेपाली कांग्रेसले पनि दबाब बढाएपछि प्रधानमन्त्री ओलीले सचिवालय बैठक बोलाएका हुन् ।

आफैँले ल्याएको अध्यादेश सदनबाट पारित हुने अवस्था नभएपछि प्रधानमन्त्री ओलीले दबाब महसुस गर्दै निर्णायक कदम चाल्ने रणनीति बनाउन लागेको बुझिएको छ ।

सरकारलाई समर्थन गरेका जनता समाजवादी पार्टी ९जसपा० नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०ले केही अध्यादेशमा समर्थन गर्न नसक्ने जनाएपछि प्रधानमन्त्री ओली अप्ठ्यारोमा परेका छन् ।

यसअघि सत्ता साझेदार दलहरू नेकपा एमाले र नेपाली कांग्रेस तथा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले भूमिसम्बन्धी अध्यादेशबारे पुनः जसपा नेपाल र लोसपासँग छलफल गर्ने निर्णय गरेका छन् ।

- ADVERTISEMENT -