April 20, 2025

चितवनमा आफ्नै विद्यार्थी बलात्कार गर्ने शिक्षक जेल चलान

साढे १२ वर्ष जेल सजाय, पाँच लाख जरिवाना
March 7, 2025
- ADVERTISEMENT -

चितवन / जिल्ला अदालत चितवनले आफ्नै विद्यार्थीहरुलाई पटक पटक बलात्कार गर्ने एक शिक्षकलाई साढे १२ वर्ष जेल सजायको फैसला सुनाइएको छ । वर्ष १४ की बालिका (विद्यार्थी) लाई ब्रिज कोर्स पढाएका शिक्षक सन्तोष क्षेत्रीले पटक पटक बलात्कार गरेको अभियोगमा २०७९ चैत ५ गते जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो ।

मङ्गलवार जिल्ला अदालत चितवनका न्यायाधीश दुर्गादेवी गुरुङको एकल इजलासले क्षेत्रीलाई १२ वर्ष ६ महिना कैद सजाय र पाँच लाख रुपियाँ जरिवानाको फैसला गरिएको जिल्ला अदालत चितवनका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए ।

सूचना अधिकारी विश्वकर्माका अनुसार फैसलामा पीडितलाई २ लाख क्षतिपूर्ति भराइदिने र पीडित राहत कोषमा प्रतिवादीको तर्फबाट २० हजार रुपियाँ जम्मा गर्नेगरी फैसला भएको हो ।

फागुन ६ गते जिल्ला अदालत चितवनले क्षेत्रीले कसुर गरेको ठहर गरेको थियो भने मङ्गलवार कसुर अध्ययन गरी सजायको फैसला गरेको हो । एसइइको परीक्षा दिएर ब्रिज कोर्स पढ्न गएको १४ वर्ष ७ महिनाकी बालिकालाई शिक्षक क्षेत्रीले पटक पटक बलात्कार गरेर कसैलाई भने परिवारलाई नै सिध्याइदिने धम्की दिएपछि बालिकाले परिवारसँग भन्न नसकी एक्लै प्रहरीमा गएर आफूमाथि भएको बलात्कारबारे जानकारी गराएकी थिइन् ।

त्यसपछिको पीडितका परिवारले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । सोही आधारमा अनुसन्धान गरी प्रहरीले घटनाको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा पेश गरेको थियो । क्षेत्री माध्यमिक तहका स्थायी शिक्षक पनि हुन् ।

- ADVERTISEMENT -