April 20, 2025

विमानस्थलमा सात किलो गाँजासहित दुई जना पक्राउ

March 8, 2025
File photo
- ADVERTISEMENT -

काठमाडौं / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टनेल गेटबाट गाँजासहित दुईजना पक्राउ परेका छन् । सात किलो गाँजासहित दुईजना भारतीय नागरिक प्रकाउ परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार सात किलो १६५ ग्राम अवैध लागुऔषध गाँजासहित शुक्रबार (फागुन २३) बेलुका उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा ३० वर्षीय अजित कुन्नमपुरथु वार्के र २४ वर्षीय एन डेन्सिल छन् । नेपाल एयरलाइन्सको उडानमार्फत थाइल्यान्डको बैंकक हुँदै उनीहरू काठमाडौं आएका थिए ।

- ADVERTISEMENT -