April 20, 2025

थारु पत्रकारमा सन्तकुमारको नेतृत्व

March 9, 2025
- ADVERTISEMENT -

काठमाडौं । थारु पत्रकार संघ नेपालको केन्द्रीय अध्यक्षमा सन्तकुमार चौधरी निर्वाचित भएको छ । संघको शनिवार काठमाडौंमा सम्पन्न भएको छेठौं राष्ट्रिय महाधिवेशनबाट चौधरी अध्यक्षमा निर्विरोध चयन भएको हो ।

जसको उपाध्यक्षमा जनकराज चौधरी, सवि चौधरी र महिला उपाध्यक्षमा दिप्तीशिखा चौधरी निर्विरोध भएको निर्वाचन समितिका संयोजक श्रवण चौधरीले जानकारी दिए । यस्तै महासचिवमा हेमन्त चौधरी, सचिवमा सरला चौधरी र कोषाध्यक्षमा कारी महतो चयन भएका छन् ।

यसैगरी संघको सदस्यहरुमा मिनादेवि विश्वास र सम्भुप्रसाद चौधरीलाई चयन गरिएको छ । थप सदस्य कार्यसमितिको वैठक बसेर मनोनित गर्ने नवनिर्वाचित अध्यक्ष चौधरीले जानकारी दिए ।

संघलाई चलायमान र त्रियाशील बनाउन विविध कार्यक्रम गर्ने, संघको पहिलो बैठकबाट आगामी कार्ययोजना बनाएर अगाडि बढ्ने उनको प्रतिवद्धता छ । अध्यक्षमा निर्वाचित भएपछि धन्यवाद दिंदै नवनिर्वाचित अध्यक्ष चौधरीले संघको कामलाई चुस्त बनाएर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

संघको छैठौं महाधिवेशनको उदघाटन यु्वा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले गरेका थिए । उदघाटनसत्रमा थारु आयोगका सदस्य सुबोधसिंह चौधरी, थारु कल्याणकारिणीसभाका अध्यक्ष प्रेमीलाल चौधरी, नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) का अध्यक्ष गजुृरधन राई, वरिष्ठ उपाध्यक्ष लक्की चौधरीले शुभकामना मन्तव्य दिएका थिए ।

त्यस्तै, श्रमजीवि पत्रकार संघका अध्यक्ष जन्मदेव जैशी, फोनिज काठमाडौंका अध्यक्ष भीम लामा, थारु नेताहरु कानुनलाल चौधरी, चन्द्रप्रसाद चौधरी, जातीय पत्रकार संघका अध्यक्षहरुले महाधिवेशन सफलताको शुभकामना व्यक्त गरे ।

- ADVERTISEMENT -