२०८३ श्रावण २, शनिबार
July 18, 2026
२०८३ श्रावण २, शनिबार
July 18, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

स्ववियु चुनाव : चितवनको बालकुमारीमा राजीनामा र माडी क्याम्पसमा तालाबन्दी

प्रकाशित मिति : २०८१ फाल्गुन २६ गते

चितवन / आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन तालिका अनुसार चितवनका क्याम्पसहरुमा विभिन्न गतिविधिहरु हुँदै गर्दा दुई वटा क्याम्पसमा विवाद देखिएको छ । बालकुमारी क्याम्पसको स्ववियु निर्वाचन समितिले राजीनामा दिएको छ भने माडी क्याम्पसमा तालाबन्दी भएको छ ।

नेपाल पब्लिक क्याम्पस संघ चितवनका सचिव खिमलाल दाहालले संघ/संगठन/समूह दर्तामा विवाद भएपछि बालकुमारी क्याम्पसमा निर्वाचन समितिले राजीनामा दिएको बताए । संघ/संगठन/समूह दर्ताको क्रम संख्यामा विवाद थियो । त्यहाँ १० वटा संगठन दर्ता भएका थिए, दर्ताको रोलक्रममा विवाद आएको देखियो’, उनले भने, ‘दर्ता गर्दा एउटा क्रम नम्बर दिने, बाहिर सूची सार्वजनिक गर्दा अर्को क्रम नम्बर दिइयो भन्ने विवाद रहेछ ।’

- ADVERTISEMENT -

Advertisement

माडी क्याम्पसमा विद्यार्थी भर्नामा विवाद देखिएको उनले बताए । चुनावलाई मात्रै लक्षित गरी विद्यार्थी भर्ना गरिएको भन्ने विवाद भएपछि निर्वाचन समितिको कार्यालयमा तालाबन्दी भएको उनले जानकारी दिए । तालाबन्दी पछि निर्वाचन कार्यतालिका अनुसारको कामहरु रोकिएका छन् । उनका अनुसार अन्य क्याम्पसमा भने सौहार्दरुपमा निर्वाचनको तयारी भइरहेको छ ।

सप्तगण्डकी क्याम्पसका प्रमुख समेत रहेका दाहालले सप्तगण्डकीमा आज मतदाताको अन्तिम नामावली प्रकाशन र मनोनयन पत्र वितरण हुने बताए । ‘आज दिउँसो ३ बजे मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । आजै मनोनयन पत्र वितरण गर्ने काम हुन्छ । भोलि मनोनयन पत्र दर्ता गर्ने कार्यतालिका छ’, उनले भने । स्ववियु निर्वाचनका लागि सप्तगण्डकीमा १२ वटा विद्यार्थीका संघरसंगठनरसमूह दर्ता भएको उनले जानकारी दिए । उनका अनुसार संघरसंगठनरसमूहका विद्यार्थी नेताहरुसँग एक चरणको छलफल समेत भइसकेको छ ।

- ADVERTISEMENT -

Advertisement

केहि क्याम्पसमा आइतवार नै मतदाता नामावली प्रकाशन भएको उनले बताए । मनोनयन दर्तादेखि पछाडिको कार्यतालिका भने पब्लिक संघमा आबद्ध सबै क्याम्पसमा एउटै रहेको उनले जानकारी दिए । उनका अनुसार संघमा १६ वटा क्याम्पस आबद्ध छन् । त्यसमध्ये पछिल्लो समय दुई वटा क्याम्पस बन्द छन् । बाँकी १४ वटा क्याम्पसमा चुनाव हुने जानकारी पाएको उनले बताए ।

त्रिभुवन विश्वविद्यालयको जिल्लास्थित आंगिक क्याम्पस वीरेन्द्र बहुमुखी क्याम्पसमा विवादरहित तरिकाले निर्वाचनको तयारी भइरहेको छ । वीरेन्द्रमा तीन हजार ७८९ विद्यार्थी मतदाता रहेका छन् । आज मनोनयन पत्र वितरण गरी भोलि ९मंगलवार० प्रत्यक्ष र समानुपातिक दुवैतर्फको मनोनयन पत्र दर्ताको समय रहेको वीरेन्द्र बहुमुखी क्याम्पसका प्रमुख प्रेमसागर भण्डारीले जानकारी दिए ।

‘विवाद केहि छैन । एकदमै सौहार्द वातावरणमा निर्वाचनको तयारी भइरहेको छ’, उनले भने । फागुन २८ गते उमेदवार उपर दाबी विरोधको कार्यक्रम छ । फागुन २९ गते उमेदवारले आफ्नो नाम फिर्ता लिने समय छ । सोही दिन बेलुका अन्तिम नामावली प्रकाशन गरिने उनले जानकारी दिए । स्ववियु निर्वाचनमा निर्वाचित हुने विद्यार्थीको कार्यकाल दुई वर्षको हुनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.76
154.36
European Euro
1
175.85
176.53
UK Pound Sterling
1
206.60
207.41
Swiss Franc
1
190.34
191.09
Australian Dollar
1
107.17
107.59
Canadian Dollar
1
109.57
110.00
Singapore Dollar
1
119.11
119.58
Japanese Yen
10
9.47
9.51
Chinese Yuan
1
22.69
22.78
Saudi Arabian Riyal
1
40.94
41.10
Qatari Riyal
1
42.17
42.34
Thai Baht
1
4.57
4.59
UAE Dirham
1
41.86
42.03
Malaysian Ringgit
1
37.55
37.69
South Korean Won
100
10.35
10.39
Swedish Kroner
1
15.91
15.97
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.61
19.69
Kuwaity Dinar
1
500.03
501.98
Bahrain Dinar
1
407.85
409.44
Omani Rial
1
399.36
400.91