March 15, 2025
- ADVERTISEMENT -

‘सिरियाली सेनाका मिसाइल र हतियार जफत गरेको छ’

March 10, 2025
file photo.

एजेन्सी / इजरायली सेनाले सिरियामा गत हप्ता छापा मारेको र सिरियाली सेनासँग सम्बन्धित मिसाइल र हतियारहरू जफत गरेको बताएको छ ।

इजरायली सेनाले एक विज्ञप्तिमा भनेको छ, इजरायली सेनाको कारबाही जारी छ र सिरियाका रणनीतिक बिन्दुहरूमा तैनाथ छन् । सेनाहरूले राइफल, गोला बारुद, मिसाइल र थप सैन्य उपकरणहरूसहित असंख्य हतियारहरू फेला पारेको छ ।

इजरायलले १९६७ को मध्य पूर्व युद्धमा गोलान हाइट्सका केही भागहरू कब्जा गरेको थियो । पछि १९८१ मा उक्त क्षेत्रलाई आफ्नो कब्जामा लियो । जुन कदमलाई धेरैजसो अन्तर्राष्ट्रिय समुदायले मान्यता दिएनन् ।

सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल–शाराले आफ्नो समूह, हयात तहरीर अल–शाम र अन्य मिलिशियाको नेतृत्वमा डिसेम्बर ८, २०२४ मा बसर अल–असदलाई हटाउन लगाएदेखि इजरायलले १९७४ मा रणनीतिक गोलान हाइट्समा स्थापित संयुक्त राष्ट्र संघ–निगरानी बफर जोनमा सेना तैनाथ गरेको छ ।

त्यसपछि इजरायली सेनाले सिरियाली–नियन्त्रित गोलान हाइट्सका केही भागहरू र माउण्ट हर्मोनको चुचुरोसहित सिरियामा थप रणनीतिक बिन्दुहरू कब्जा गरेको छ ।

- ADVERTISEMENT -