March 15, 2025
- ADVERTISEMENT -

भरतपुर ६ मा आजदेखि वडाध्यक्ष कप भेट्रान्स फुटबल सुरु

March 12, 2025

भरतपुर / भरतपुर महानगरपालिका ६ मा आज (बुधबार) देखि वडाध्यक्ष कप ८ ए साइड राष्ट्रिय भेट्रान्स कप फुटबल प्रतियोगिता हुँदैछ । खेलकुद बिकास समिति भरतपुर ६ को आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो ।

भरतपुर ६ स्थित सिद्धेश्वर खेल मैदानमा हुने प्रतियोगिता चैत २ गतेसम्म चल्नेछ । प्रतियोगितामा १० टोली सहभागी हुनेछन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको उद्घाटन खेलमा ३ बजे पश्चिम चितवन भेट्रान र अभिषेक चर्च रजहर भिड्नेछ । आजै दिउँसो ४ बजे भरतपुर ६ र विरगन्ज युनाइटेड भिड्नेछन् ।

प्रतियोगिताको विजेताले ट्रफीसहित एक लाख तथा उपविजेताले ५० हजार प्राप्त गर्नेछ । यस्तै विधागत उत्कृष्ट खेलाडीहरुले पनि नगद पुरस्कार प्राप्त गर्ने वडा खेलकुद बिकास समितिका अध्यक्ष अरुण वन्तले जानकारी दिए । प्रतियोगिताको तयारी तीव्र गतिमा भइरहेको पनि उनले बताए ।

भरतपुर ६ को कार्यालय संरक्षक रहेको प्रतियोगिताको प्रवर्द्धकमा भरतपुर महानगरपालिका तथा सह प्रायोजकहरुमा शुभ प्रभात हाउजिङ तथा मिनान्नो एजुकेसन सेन्टर रहेका छन् ।

- ADVERTISEMENT -