निर्वाचन १८ दिन बाँकी
२०८२ फाल्गुन ३, आईतवार
February 15, 2026
२०८२ फाल्गुन ३, आईतवार
February 15, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा प्राज्ञिक विद्यार्थी परिषद्को दशौँ राष्ट्रिय अधिवेशन हुँदै

प्रकाशित मिति : २०८१ फाल्गुन २९ गते
- ADVERTISEMENT -

चितवन / प्राज्ञिक विद्यार्थी परिषद् नेपालको दशौँ राष्ट्रिय अधिवेशन चितवनमा हुने भएको छ । अधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । पत्रकार सम्मेलनमा देशभरबाट १ हजार भन्दा बढी प्रतिनिधिहरू सहभागी हुने परिषद्ले जनाएको छ ।

राष्ट्रिय सुरक्षा स्ववलम्बन, सुशासन, शिक्षा समाज जीवन तथा राष्ट्रियस्तरका विषयमा देशभरका युवा वर्गको सकारात्मक दृष्टिकोणको विकासका साथै युवाको राष्ट्रप्रतिको दायित्वबोधका लागि प्राज्ञिक विद्यार्थी परिषद् नेपालको दशौँ राष्ट्रिय अधिवेशन यही २०८१ चैत्र २, ३ र ४ गते सुन्दर एवम् पर्यटकीय नगरी भरतपुर चितवनमा सम्पन्न हुन गइरहेको विद्यार्थी परिषद्का राष्ट्रिय महासचिव विष्णुप्रसाद पंगेनीले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

अधिवेशन देशमा बढिरहेको भ्रष्टाचार, दुव्र्यसनी, बेरोजगारी आर्थिक एवम् पर्यावरण संकट, बढेदो सुरक्षा चुनौती आदि समस्याको समाधानमा युवा तथा प्राज्ञिक वर्गको भूमिकाको विषयमा केन्द्रित रहने उनले बताए । साथै अधिवेशन मार्फत देशको शिक्षा, आर्थिक , समसामयिक र संकल्प गरि चारवटा अलग अलग प्रस्तावहरू पारित हुने परिषद्ले जनाएको छ ।

त्यसैगरी परिषद्को संगठनात्मक गतिविधि, समाजमा यसको प्रभाव र आवश्यकता, अगामी दिशा आदि विषयमा पनि दशौँ राष्ट्रिय अधिवेशन केन्द्रीत रहने महासचिव विष्णुप्रसाद पंगेनीले बताए ।

- ADVERTISEMENT -

Advertisement

सम्मेलनमा राष्ट्रिय अध्यक्ष डा। गोपीनाथ कण्डेलले विद्यार्थी परिषद् दलगत राजनीति भन्दा माथी रहेर देशको समग्र शिक्षा क्षेत्रको सुधारका लागि अथक रूपमा निरन्त राष्ट्र प्रथम भावका साथ काम गरिरहेको विषय बताए । साथै परिषद्को ध्येय असल व्यक्ति निर्माण गर्ने रहेकोले राष्ट्र राष्ट्रियताका लागि दलगत स्वार्थलाई त्याग गरि व्यक्ति निर्माणको केन्द्र क्याम्पस विश्वविद्यालयमा दलीय भागबन्डाको अन्त्य, राजनीतिक हस्तक्षेपको अन्त्य गरी सुसंस्कृत व्यत्ति र नागरिक निर्माणका लागि काम गरिरहेकोले यस्तो कार्यमा संचार जगतले पनि साथ र सहयोग गर्नु पर्ने विषय बताए ।

त्यसैगरी देशभरबाट आउने १ हजार प्रतिनिधिहरूलाई सहजतापूर्ण रूपमा कार्यक्रममा सहभागी हुनका भरतपुर स्थित चितवन उद्योग संघमा सम्पूर्ण व्यवस्थापनहरू भइरहेको, अधिवेशन स्थलको रङरोगन, तोरण, झण्डा लगाउने देखिलिएर प्रचार प्रसार, मञ्च व्यवस्थापन लगायतका कार्यहरू दुर्तगतिमा भइरहेको, प्रतिनिधिहरूका लागि खान बस्न लगायतका सम्पूर्ण चिजहरूको पनि सम्पूर्ण बन्दोबस्त भइसकेको साथै उक्त व्यवस्थापनका लागि आर्थिक रूपमा स्थानीय सरकार, समाजसेवी, व्यावसायी शुभचिन्तक र भरतपुरका नागरिकले सहयोग गरिरहेको लगायतका विषयहरूको बारेमा अधिवेशन व्यवस्थापन प्रमुख राजु सापकोटाले जानकारी दिए ।

त्यसैगरी अधिवेशन चैत्र २ गते दिउँसो २ः०० बजे उद्योग संघको सभाहलमा सन्त समाजका अध्यक्ष श्री १००८ ज्ञानानन्द सरस्वतीजी महाराजले उद्घाटन गर्ने कार्यक्रम रहेको उद्घाटन समारोहमा विशिष्ट अतिथिका रूपमा नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयका सचिव डा।हरि प्रसाद लम्साल र भरतपुर महानगरका मेयर रेणु दाहालको पनि विशेष उपस्थिति रहने महासचिव पंगेनीले जनाए ।

त्यसैगरी राष्ट्रिय मिडिया कार्य प्रमुख कृष्ण हुमागाईंले विद्यार्थी परिषद्ले देशको शिक्षा क्षेत्रमा विपद्यार्थीहरूलाई रचनात्मक गतिविधि गर्दै आइरहेको र राष्ट्र व्यापीरूपमा परिषद्को प्रभाव पनि बढदै गएको सन्दर्भमा परिषद्ले यो अधिवशेन ऐतिहासिक रूपमा पर्यटकीय नगरी चितवनको भरतपुरमा गर्न गइरहेको विषय बताए ।

तीनदिन सम्म चल्ने अधिवेशनमा विभिन्न समयमा अलग अलग सत्रहरू सञ्चालन हुने जसमा समानान्तर सत्र चैत्र ३ गते विहान “वर्तमान शिक्षा प्रविधिको उपयोगिता एवं प्रभाव” भन्ने विषय रहने छ भने चैत्र ४ गते विहान “राष्ट्रिय सुरक्षा र सुशासन”को विषयमा रहने महासचिव पंगेनीले बताए ।

त्यसैगरी क्रमश चैत्र ३ गते दिउँसो शोभा यात्रा रहने छ जसमा विद्यार्थीहरूले अधिवेशन स्थलदेखि पुल्चोक हुँदै भरतपुरको विभिन्न ठाउँको परिक्रमा गर्दै खुल्ला अधिवेशन हुने र देशभरबाट सहभागि युवा विद्यार्थीहरूले अधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
144.72
145.32
European Euro
1
171.61
172.32
UK Pound Sterling
1
196.96
197.77
Swiss Franc
1
188.03
188.81
Australian Dollar
1
102.06
102.48
Canadian Dollar
1
106.26
106.70
Singapore Dollar
1
114.49
114.96
Japanese Yen
10
9.43
9.47
Chinese Yuan
1
20.95
21.03
Saudi Arabian Riyal
1
38.59
38.75
Qatari Riyal
1
39.71
39.87
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
39.40
39.56
Malaysian Ringgit
1
37.04
37.19
South Korean Won
100
10.00
10.04
Swedish Kroner
1
16.16
16.23
Danish Kroner
1
22.97
23.07
Hong Kong Dollar
1
18.51
18.59
Kuwaity Dinar
1
474.26
476.22
Bahrain Dinar
1
383.85
385.44
Omani Rial
1
375.92
377.48