२०८३ असार २७, शनिबार
July 11, 2026
२०८३ असार २७, शनिबार
July 11, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

राजावादीविरुद्ध समाजवादी मोर्चा एकजुट, आज बैठक बस्दै

प्रकाशित मिति : २०८१ चैत्र १ गते

काठमाडौं / नेकपा माओवादी केन्द्र नेतृत्वको विपक्षी चार दलीय समाजवादी मोर्चाको बैठक आज (शुक्रबार) बस्दैछ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस), विप्लव नेतृत्वको नेकपा, र नेपाल समाजवादी पार्टी (नेसपा) सम्मिलित मोर्चाको बैठक दिउँसो ३ बजे नेकपा एसको पार्टी कार्यालय, आलोकनगरमा बस्ने गरी बोलाइएको हो ।

मोर्चाको कार्यदल सदस्य तथा नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठका अनुसार बैठक आगामी चैत १५ गते काठमाडौंमा आयोजना हुने विरोध सभाको तयारीलाई लिएर बोलाइएको हो । यसअघि चैत ९ गते जनकपुरमा गर्न प्रस्तावित विरोध सभा स्थगित भएको थियो । श्रेष्ठका अनुसार, विरोध सभाको तयारीलाई प्रभावकारी बनाउन जनकपुरको सभा रोकिएको हो । मोर्चाले चैत २ गते बिहान बौद्धिक वर्गसँग अन्तक्र्रिया आयोजना गर्नेछ भने सोही दिन दिउँसो १ बजे पत्रकार सम्मेलन गर्नेछ ।

- ADVERTISEMENT -

Advertisement

फागुन २७ गते सम्पन्न मोर्चाको बैठकले वर्तमान सरकारका कारण सडकमा राजावादी शक्तिहरू सक्रिय भएको ठहर गर्दै प्रतिगामी शक्तिहरूलाई काठमाडौंमै चुनौती दिन विरोध सभा गर्ने निर्णय गरेको थियो । फागुन २५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा राजावादी समर्थकहरूको उपस्थिति व्यवस्थामाथि चुनौतीको रूपमा मोर्चाले व्याख्या गरेको छ ।

यसै सन्दर्भमा मोर्चाका नेताहरूले प्रतिगामी र प्रतिक्रियावादी शक्तिहरूको षड्यन्त्रलाई परास्त गर्न लाखौँ जनता सडकमा उतार्ने चेतावनी दिएका छन् । अहिलेको सत्तारूढ गठबन्धन भ्रष्टाचार र बिचौलियाहरूको संरक्षणमा लागेको आरोप लगाउँदै मोर्चाका नेताहरूले जनतामा निराशा र असन्तोष बढेको दाबी गरेका छन् ।

- ADVERTISEMENT -

Advertisement

इतिहासमा पराजित तत्वहरूले अवसर खोजिरहेको भन्दै उनीहरूले गणतन्त्रको रक्षा र सुदृढीकरणका लागि संघर्ष गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुरक्षित राख्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउँदै, परिवर्तनकारी शक्तिहरू र जनतालाई साथ लिएर संघर्ष गर्न तयार रहेको बताएका छन् ।

नेकपा एकीकृत समाजवादी (नेकपा एस)ले आज आन्दोलनको कार्यक्रम घोषणा गर्दैछ । पार्टी संगठन सुदृढीकरण र प्रतिगामी शक्तिहरूका पछिल्ला गतिविधिविरुद्ध भन्दै नेकपा एसले आन्दोलनका कार्यक्रम घोषणा गर्न लागेको हो । नेकपा एसले मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी दिन आज विशेष पत्रकार सम्मेलन आयोजना गरेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालसहित शीर्ष नेताहरूको उपस्थितिमा विशेष कार्यक्रमसमेत घोषणा गर्ने पार्टी प्रचार विभागले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.33
152.93
European Euro
1
174.09
174.78
UK Pound Sterling
1
204.22
205.03
Swiss Franc
1
188.77
189.52
Australian Dollar
1
105.69
106.10
Canadian Dollar
1
107.43
107.85
Singapore Dollar
1
117.82
118.28
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
22.42
22.51
Saudi Arabian Riyal
1
40.57
40.73
Qatari Riyal
1
41.79
41.95
Thai Baht
1
4.56
4.57
UAE Dirham
1
41.48
41.64
Malaysian Ringgit
1
37.36
37.51
South Korean Won
100
10.07
10.11
Swedish Kroner
1
15.73
15.79
Danish Kroner
1
23.29
23.38
Hong Kong Dollar
1
19.44
19.51
Kuwaity Dinar
1
494.98
496.93
Bahrain Dinar
1
404.00
405.60
Omani Rial
1
395.64
397.20