March 15, 2025
- ADVERTISEMENT -

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक पुरुषको मृत्यु

March 14, 2025

मकवानपुर / मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मकवानपुरको मनहरी गाउँपालिका–६ नयाँबस्तीमा एक पुरुषको मृत्यु भएको छ ।

करेन्ट लाग्दा स्थानीय ३१ वर्षीय ईन्द्रलाल मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

करेन्ट लागेर सख्त घाइते भएका मोक्तानलाई उपचारका लागि चितवनको पुरानो मेडिकल कलेज भरतपुरमा भर्ना गरिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको हो ।

- ADVERTISEMENT -