२०८३ भाद्र १, सोमबार
August 17, 2026
२०८३ भाद्र १, सोमबार
August 17, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

कौशिक गोत्रीय (अलिना) भट्ट समाजको तेश्रो वार्षिक साधारणसभा 

प्रकाशित मिति : २०८१ चैत्र २ गते

चितवन । कौशिक गोत्रीय (अलिना) भट्ट समाजको तेश्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । कौशिक गोत्रीय (अलिना) भट्ट समाजका अध्यक्ष टंकप्रसाद भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा होटल व्यवसायी संघ चितवनका अध्यक्ष लोकनाथ भट्ट (कृष्ण) प्रमुख अतिथि रहेका थिए ।

प्रमुख अतिथि भट्टले समाजले विभिन्न स्थानहरुमा यत्रतत्र छरिएर रहेका कुलभित्रका आफ्ना दाजुभाईहरुलाई एकै थलोमा ल्याई जोड्ने कार्य गरेकोले समाजको कार्य प्रति प्रशंसा गरे ।

- ADVERTISEMENT -

Advertisement

साधारणसभाको अवसरमा विशिष्ट अतिथि भरतपुर महानगरपालिकाका जनस्वास्थ्य अधिकृत केशव भट्टले समाजले गरेका गतिविधि र यसले आगामि दिनहरुमा अझै परिस्कृत हुँदै अगाडि बढ्न जरुरी रहेको बताए । 

साधारणसभाको अवसरमा कोषाध्यक्ष प्रेमप्रसाद भट्टको रिक्त रहेको पदमा रामप्रसाद भट्टलाई, कार्यसमिति सदस्य गोमा भट्टको रिक्त पदमा शान्ता भट्टलाई, सल्लाहकार समितिको छविलाल भट्टको रिक्त पदमा लोकनाथ भट्ट (कृष्ण)लाई र लेखा समिति सदस्य गोकुल प्रसाद भट्टको रिक्त पदमा मिना धिताल भट्टलाई चयन गर्ने र समितिको बैठकले लेखा समिति सदस्य पदमा चयन हुनु भएका लोकनाथ भट्ट (कृष्ण)लाई सल्लाहकार समितिको संयोजक पदमा चयन गर्ने निर्णय समेत गरिएको छ । 

साधारणसभाको अवसरमा समितिका बरिष्ठ उपाध्यक्ष राजु भट्टको संयोजकत्वमा केशव भट्ट र थिर प्रसाद भट्ट (केशव) सदस्य रहने गरी क्यालेण्डर प्रकाशन समिति, सल्लाहकार समितिका संयोजक लोकनाथ भट्ट (कृष्ण) को संयोजकत्वमा सचिव सीताराम भट्ट, कोषाध्यक्ष रामप्रसाद भट्ट सदस्य रहने गरी भ्रमण उपसमिति समिति, कार्यसमिति सदस्य शोभा भट्टको संयोजक सह–सचिव कमला भट्ट र साधारण सदस्य पुनम भट्ट सदस्य रहने गरी स्वास्थ्य शिविर उपसमिति गठन गरी कार्य अगाडि बढाउने निर्णय गरियो । 

त्यस्तै साधारणसभाको अवसरमा समितिले प्रत्येक तीन–तीन महिनामा गर्दै आएको बैठकलाई एक–एक महिनामा महिनाको पहिलो शनिबार अध्यक्षको निवासमा गर्ने र मासिक रुपमा उठाउँदै आइएको मासिक रकमलाई एकसय रुपैयाँबाट बढाएर दुईसय रुपैयाँ गर्ने निर्णय समेत गरियो । 

कौशिक गोत्रीय (अलिना) भट्ट समाजका सचिव सीताराम भट्टले सञ्चालन गरेको कार्यक्रमलाई कौशिक गोत्रीय (अलिना) भट्ट समाजका बरिष्ठ उपाध्यक्ष राजु भट्टले धन्यवाद मन्तव्यसहित समापन गरेका हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.39
152.99
European Euro
1
176.06
176.75
UK Pound Sterling
1
206.11
206.92
Swiss Franc
1
187.40
188.13
Australian Dollar
1
107.82
108.24
Canadian Dollar
1
109.72
110.15
Singapore Dollar
1
119.13
119.60
Japanese Yen
10
9.58
9.61
Chinese Yuan
1
22.60
22.69
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.82
41.98
Thai Baht
1
4.60
4.61
UAE Dirham
1
41.49
41.66
Malaysian Ringgit
1
37.30
37.44
South Korean Won
100
10.79
10.83
Swedish Kroner
1
15.98
16.05
Danish Kroner
1
23.55
23.64
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
495.98
497.93
Bahrain Dinar
1
404.21
405.80
Omani Rial
1
395.80
397.36