२०८३ असार २७, शनिबार
July 11, 2026
२०८३ असार २७, शनिबार
July 11, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भरतपुर कारागारमा डेढ सय दीर्घरोगी, उच्च रक्तचापका धेरै कैदीबन्दी

प्रकाशित मिति : २०८१ चैत्र ३ गते

चितवन / भरतपुर कारागारमा दीर्घरोगी कैदीबन्दीको संख्या बढिरहेको पाइएको छ । सात सय १३ जना कैदी बन्दीमध्ये एक सय ५४ जना दीर्घरोगी रहेका छन् । कार्यालयका निमित्त प्रमुख चेतनाथ ढुङ्गानाका अनुसार दीर्घरोगीमा सबैभन्दा धेरै उच्च रक्तचाप भएका कैदीबन्दी छन् । उच्च रक्तचापका ७० जना, मधुमेहका ५० जना, थाइराईडका १५ जना, क्षयरोगका नौ जना रहेको प्रमुख ढुङ्गानाले जानकारी दिए ।

यस्तै एचआईभी एड्सका पाँचजना, छारे रोगका तीनजना र क्यान्सरका दुई जना बिरामी कारागारमा रहेको उनले बताए । उनले भने, “कैदीबन्दीमा रोग देखिएपछि उपचारका लागि सहजताका लागि काठमाडौँपछि चितवन बढीले रोज्ने गरेका छन् ।” यी बिरामी कैदीबन्दीको उपचार र नियमित औषधिका लागि कारागार कार्यालयले व्यवस्थापन मिलाउँदै आएको छ ।

- ADVERTISEMENT -

Advertisement

राज्यले कारागारका कैदीबन्दीको उपचारका लागि विनियोजन गर्ने बजेटबाट उनीहरूको उपचार गर्दै आइरहेको छ । कार्यालयलाई रू १० लाख मात्र उनीहरूको स्वास्थ्य परीक्षण र औषधिका लागि बजेट विनियोजन हुने गरेको छ । यो बजेट अभाव हुँदा समय समयमा विभिन्न सङ्घसंस्थाबाट औषधि सहयोग लिँदै आएको उनको भनाइ छ । ढुङ्गानाले भने, “क्यान्सरको उपचार गर्नुपर्दा एउटै व्यक्तिलाई लाखौँ खर्च हुन्छ । बजेटले पुग्दैन । सहयोग माग्नुपर्ने अवस्था आउँछ ।” प्रदेश सरकार, स्थानीय सरकार, जनस्वास्थ्य कार्यालय र विभिन्न सङ्घसंस्थाको सहयोगमा उनीहरूको उपचार गरिँदै आएको छ ।

निजी अस्पतालमा आफूले चाहेका चिकित्सकसँग उपचार गराउन चाहने कैदीबन्दीले आफैले खर्च गर्छन् । गर्मी मौसम सुरू भएसँगै भाइरलको समस्या हुनसक्ने भएकाले उच्च सतर्कता अपनाइएको उनले बताए । गर्मी मौसममा लामखुट्टेबाट लाग्न सक्ने रोगलाई नियन्त्रणका लागि पोखरीमा कीटनाशक औषधिको प्रयोग, झुलको व्यवस्थापन, खानपान र व्यक्तिगत स्वास्थ्यमा ध्यान दिनका लागि अनुरोध गरिएको छ । आर्थिक वर्षको अन्तिम तीन महिना बजेटका कारण उपचारका लागि समस्या हुने गरेको उनले बताए ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.33
152.93
European Euro
1
174.09
174.78
UK Pound Sterling
1
204.22
205.03
Swiss Franc
1
188.77
189.52
Australian Dollar
1
105.69
106.10
Canadian Dollar
1
107.43
107.85
Singapore Dollar
1
117.82
118.28
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
22.42
22.51
Saudi Arabian Riyal
1
40.57
40.73
Qatari Riyal
1
41.79
41.95
Thai Baht
1
4.56
4.57
UAE Dirham
1
41.48
41.64
Malaysian Ringgit
1
37.36
37.51
South Korean Won
100
10.07
10.11
Swedish Kroner
1
15.73
15.79
Danish Kroner
1
23.29
23.38
Hong Kong Dollar
1
19.44
19.51
Kuwaity Dinar
1
494.98
496.93
Bahrain Dinar
1
404.00
405.60
Omani Rial
1
395.64
397.20