२०८३ जेष्ठ २९, शुक्रबार
June 12, 2026
२०८३ जेष्ठ २९, शुक्रबार
June 12, 2026 Friday
- ADVERTISEMENT -

भच्चेकमा तीन दिने निःशुल्क आँखा शिविर

प्रकाशित मिति : २०८१ चैत्र ५ गते

गोरखा । अजिरकोट गाउँपालिका वडा नं.३ स्थित भच्चेक आधारभूत अस्पतालमा मङ्गलबारदेखि निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । तीन दिनसम्म चल्ने शिविरमा मङ्गलबार पहिलो दिनमात्रै ६५ महिलासहित १३८ जनाले बहिरङ्ग सेवा लिएका छन् । 

पहिलो दिनको शिविरमा आँखा जाँच गराएकामध्ये २९ जनाको आँखा जाँचपछि शल्यक्रिया गरिएको शिविरका संयोजक धनबहादुर गुरूङले जानकारी दिए । 

पहिलो दिन नै विगत चार वर्षदेखि दृष्टि गुमाएकी अजिरकोट–५, मुच्चोक साउनेपानीकी ९० वर्षीय सुकमाया सुनारको आँखासमेत शल्यक्रिया गरिएको उनले बताए । मुटु फाउण्डेशन, काठमाडौँ र मनोज एसोसिएसन फ्रान्सको प्रायोजन र नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाडौँको प्राविधिक सहयोगमा अजिरकोट गाउँपालिकाले आँखा शिविर आयोजना गरेको हो । 

चैत ७ गतेसम्म सञ्चालन हुने शिविरमार्फत् नेपाल आँखा अस्पतालका त्रिपुरेश्वरका वरिष्ठ नेत्ररोग विशेषज्ञ डा किरण शाक्यको समूहले सेवा दिइरहेको छ । अजिरकोट गाउँपालिकाका स्थानीय लक्षित कार्यक्रममा आँखा पाकेको, रातो भएको मोतियाविन्दु भएका बिरामीको निःशुल्क शल्यक्रिया र निःशुल्क औषधि वितरण गरिएको शिविरका संयोजक गुरूङले जानकारी दिए । 

शल्यक्रिया गरेका बिरामीलाई जाउलो र चियापानसहित बसोबासको लागि समेत निःशुल्क व्यवस्थापन गरिएको उनले बताए । शल्यक्रिया गरेपछि धुलो, धुवाँबाट आँखालाई सुरक्षित राख्नको लागि कालो चस्मासमेत निःशुल्क प्रदान गरिएको उनले बताए ।  

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.92
153.52
European Euro
1
176.43
177.12
UK Pound Sterling
1
204.35
205.16
Swiss Franc
1
191.32
192.07
Australian Dollar
1
106.97
107.39
Canadian Dollar
1
109.41
109.84
Singapore Dollar
1
118.71
119.18
Japanese Yen
10
9.53
9.56
Chinese Yuan
1
22.56
22.65
Saudi Arabian Riyal
1
40.74
40.90
Qatari Riyal
1
41.95
42.11
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.64
41.80
Malaysian Ringgit
1
37.60
37.75
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.04
16.10
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
497.71
499.66
Bahrain Dinar
1
405.54
407.13
Omani Rial
1
397.17
398.73