२०८२ चैत्र २, सोमबार
March 16, 2026
२०८२ चैत्र २, सोमबार
March 16, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

राष्ट्रिय महिला फुटबलको फाइनल आज, कसले मार्ला बाजी ?

उपाधिका लागि विभागीय टोली एपिएफ र आर्मी आमने सामने
प्रकाशित मिति : २०८१ चैत्र ९ गते
- ADVERTISEMENT -

चितवन / राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका लागि विभागीय टोलीका एपिएफ एफसी काठमाडौं र त्रिभुवन आर्मी फुटबल क्लब भिड्दैछन् । भरतपुर–७ कृष्णपुरको मैदानमा आज (शनिबार) दिउँसो ३ः३० बजे उपाधिका लागि डिपार्टमेन्टल डर्बी हुन लागेको हो ।

एपीएफले यसअघिका क्वार्टरफाइनल, सेमीफाइनल खेलमा लामो गोलअन्तरले विपक्षी टिमलाई पराजित गरेको छ भने टिममा अधिकांश राष्ट्रिय टोलीका खेलाडीहरु छन् । दर्शकहरुले उपाधिका लागि एपिएफ नै अनुमान लगाइएको परिप्रेक्ष्यमा विश्वमा कैयौं उदाहरण बाजी पल्टिएका पनि छन् जसको छिनोफानो आजको खेलले लगाउने छ ।

- ADVERTISEMENT -

Advertisement

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा दुबै टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । एपिएफका प्रशिक्षक जनक सिंहले आफ्नो टोली उपाधि जित्ने लक्ष्य लिएर मैदान उत्रिने बताए । उनले आर्मीलाई कमजोर नआँक्ने तर उपाधि जित्न मैदान उत्रिने बताए ।

उनले आर्मीविरुद्धको खेल प्रतिस्पर्धात्मक हुने पनि बताए । राष्ट्रिय टिमका अधिकांश खेलाडी एपिएफमा हुनु बलियो पक्ष भएको उनले बताए । कप्तान अनिता बस्नेतले एपिएफले आफ्नै शैलीको खेल प्रस्तुत गर्ने बताईन् । उनले पनि विपक्षीलाई कमजोर नआँक्ने बताईन् ।

- ADVERTISEMENT -

Advertisement

आर्मीका प्रशिक्षक कृष्ण सिंह ठगुन्नाले यस पटक एपिएफलाई हराएर उपाधि जित्ने विश्वास रहेको बताए । फाइनलमा केही परिवर्तन हुन सक्ने उनले संकेत गरे । आर्मीविरुद्ध यसअघिका खेलमा हार व्यहोरे पनि यस पटक जित्ने लक्ष्य रहेको बताए । कप्तान सुनिता चौधरीले आर्मीको लक्ष्य उपाधि नै रहेको बताए ।

आर्मीलाई एपिएफविरुद्ध बदला लिने अवसर रहेको छ । हालै सम्पन्न ईलाम गोल्डकपको फाइनलमा आर्मी एपिएफसँग पराजित भएको थियो । एपिएफ भने त्यही लयलाई निरन्तरता दिने सोचमा हुनेछ ।

फाइनलमा टिकटदर तीन सय र दुई सय ः
एपिएफविरुद्धको फाइनलका लागि चितवन जिल्ला फुटबल संघले तीन सय र दुई सयको टिकटको व्यवस्था गरेको छ । संघका अध्यक्ष श्री कृष्णकार्कीले प्याराफिटका लागि तीन सय तथा प्याराफिट बाहिरका लागि एक सय रुपैयाँको टिकटको व्यवस्था गरिएको बताए । दर्शकहरुको सहजतालाई मध्यनजर गर्दै टिकट बिहान १० बजेबाट नै खुला गरिने उनले जानकारी दिए ।

ट्रफी अनावरण ः
राष्ट्रिय महिला फुटबल प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ । संघका अध्यक्ष तथा प्रतियोगिता संयोजक कार्कीले शुक्रबार ट्रफी अनावरण गरेका हुन् । यसैबीच संघले चोटका कारण मैदान बाहिर रहेका एपिएफकी हिरा भुजेल र आर्मीकी दीपा शाहीलाई फाइनलमा नगदसहित सम्मान गर्ने भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
147.64
148.24
European Euro
1
168.55
169.24
UK Pound Sterling
1
195.27
196.06
Swiss Franc
1
186.56
187.31
Australian Dollar
1
103.07
103.49
Canadian Dollar
1
107.62
108.06
Singapore Dollar
1
115.01
115.48
Japanese Yen
10
9.24
9.28
Chinese Yuan
1
21.41
21.49
Saudi Arabian Riyal
1
39.34
39.50
Qatari Riyal
1
40.39
40.56
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
40.20
40.36
Malaysian Ringgit
1
37.49
37.64
South Korean Won
100
9.83
9.87
Swedish Kroner
1
15.57
15.64
Danish Kroner
1
22.56
22.65
Hong Kong Dollar
1
18.86
18.94
Kuwaity Dinar
1
481.70
483.65
Bahrain Dinar
1
391.05
392.64
Omani Rial
1
383.48
385.04