Opens in a new tab
२०८३ आश्विन २७, मंगलवार
October 13, 2026
२०८३ आश्विन २७, मंगलवार
October 13, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

यात्रुलाई दुःख दिने ३ सय ७० जना कारबाहीमा

प्रकाशित मिति : २०८१ चैत्र ११ गते
File Photo.

काठमाडौँ / गोँगबुस्थित नयाँ बसपार्कभित्र यात्रुलाई दुःख दिने ३७० जना कारबाहीमा परेका छन् । देशभरका यातायात व्यवसायीहरुको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सुरक्षित बसपार्क निर्माणका लागि आइतबार नयाँ बसपार्कमा आयोजना गरिएको कार्यक्रममा यात्रुलाई अनावश्यक दुःख दिनेलाई कारबाही गरिएको जानकारी दिएको हो ।

महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले मुलुकको राष्ट्रिय बसपार्कलाई सुरक्षित र यात्रुमैत्री बनाउन नेपाल प्रहरी, यातायात व्यवसायी, यातायात मजदुर उत्तिकै जिम्मेवार रहेको बताए । महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले नयाँबसपार्कमा जथाभावी रुपमा यात्रुको झोला तान्ने तथा यात्रुलाई अनावश्यक दुःख दिने कार्य रोक्नुपर्नेमा जोड दिए । प्रहरी वृत्त महाराजगञ्जका प्रमुख, प्रहरी नायव उपरीक्षक निरन्जन थापाले राष्ट्रिय बसपार्कलाई सुरक्षित र मर्यादित बनाउन प्रहरीले काम गरिरहेको उल्लेख गरे ।

- ADVERTISEMENT -

Advertisement

प्रहरी प्रभाग नयाँबसपार्कका प्रमुख, प्रहरी निरीक्षक राजन खड्काले चालू आर्थिक वर्षमा पक्राउ परेकामध्ये आठ जनालाई मुद्दा चलाइएको जानकारी दिए । नयाँबसपार्कबाट हाल देशभरका ७० जिल्लामा सार्वजनिक यातायात सञ्चालन हुँदै आएको छ ।

नयाँबसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पंकज मल्लले पछिल्लो समय नयाँबसपार्कभित्र कार्यरत कर्मचारीलाई पोशाक र परिचयपत्रको व्यवस्था गरिएकाले सुरक्षित यात्राका लागि कर्मचारीसँग समन्वय गर्न सबैलाई आग्रह गरे ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.48
155.08
European Euro
1
173.05
173.72
UK Pound Sterling
1
204.42
205.21
Swiss Franc
1
186.06
186.79
Australian Dollar
1
107.90
108.32
Canadian Dollar
1
108.35
108.77
Singapore Dollar
1
120.62
121.09
Japanese Yen
10
9.76
9.79
Chinese Yuan
1
23.08
23.17
Saudi Arabian Riyal
1
41.12
41.28
Qatari Riyal
1
42.42
42.58
Thai Baht
1
4.61
4.63
UAE Dirham
1
42.06
42.22
Malaysian Ringgit
1
37.82
37.96
South Korean Won
100
11.52
11.57
Swedish Kroner
1
15.45
15.51
Danish Kroner
1
23.15
23.24
Hong Kong Dollar
1
19.68
19.76
Kuwaity Dinar
1
501.31
503.26
Bahrain Dinar
1
409.06
410.64
Omani Rial
1
401.24
402.80