April 26, 2025

‘सरकार ! उल्टो बाटो हिँडेर सही गन्तव्य पुगिँदैन’

March 25, 2025
File Photo
- ADVERTISEMENT -

काठमाडौं / नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयलाई नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कडा आलोचना गरेका छन् ।

थापाले सरकारको यो कदम असन्तुष्टिको आगोमा मट्टितेल थप्ने कार्य भएको टिप्पणी गर्दै, आम जनतामा चुलिँदै गएको असन्तोषको फाइदा उठाउँदै स्वार्थी तत्वहरू सक्रिय हुन थालेको बताएका छन् । उनले भने, ‘हामी सरकारको डेलिभरी सुधारेर जनताको असन्तोष मेटाउने प्रयास गर्दैछौँ, तर सरकार नै त्यसमा आगो थप्ने काम गर्दैछ ।’

थापाले सरकारको निर्णय प्रक्रियाप्रति असन्तोष प्रकट गर्दै भने, ‘सुनिएको जस्तो गर्ने, तर अन्तिममा गलत निर्णय लिने रु यस्तो दोहोरो चरित्र कति दिनसम्म रु, ‘मन्त्रीहरू बाटो बिराउँदा प्रधानमन्त्रीले सुधार्ने हो, तर यहाँ त गलत निर्णयलाई नै अनुमोदन गरिएको छ। उल्टो बाटो हिँडेर सही गन्तव्यमा पुग्न सकिँदैन ।’

- ADVERTISEMENT -