२०८२ कार्तिक २२, शनिबार
November 8, 2025
२०८२ कार्तिक २२, शनिबार
November 8, 2025 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नारायणपुरको उर्ग्यान नोर्बु गुम्बामा आने रिन्छेनलाई स्वागत

प्रकाशित मिति : २०८१ चैत्र १३ गते
- ADVERTISEMENT -

– बबिलाल तामाङ
चितवन । उर्ग्यान नोर्बु छोयलिङ गुम्बा भरतपुर–५, नारायणपुर परिवारले आने (महिला लामा गुरु) पाल्मो रिन्छेनलाई स्वागत तथा सम्मान गरेको छ ।

भारतको महेश्वरी विश्व–विद्यालयमा दुई लोसुम (६ वर्ष) अध्ययन गरी फर्केका आने रिन्छेनलाई आइतबार स्वागत तथा सम्मान गरिएको गुम्बाका अध्यक्ष चेतबहादुर तामाङले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

गुम्बाका अध्यक्ष चेतबहादुर तामाङ, प्रमुख लामा गुरु पेमा वाङ्चु र स्थानीयहरुद्वारा आने रिन्छेनलाई खादा प्रदान गरेर श्रद्धाभाव प्रकट गरिएको थियो ।

आने रिन्छेन लोसुम अध्ययनका लागि २०७५ सालमा भारत गएका हुन् । विशेषगरी काजक्रिया गर्ने सवालमा तामाङ समुदायमा लोसुम अध्ययन गरेका लामा गुरुलाई मान्यता दिने प्रचलन छ । लोसुम अध्ययनका लागि घोर, त्याग, तपस्या र कठोर परिश्रम आवश्यक पर्ने गुम्बा अध्यक्ष तामाङ बताउँछन् ।

उनका अनुसार समाजमा लोसुम अध्ययन गरेका लामा गुरुहरु कमै पाइन्छ । तामाङको संस्कार र संस्कृतिमा यसको ठूलो महत्व हुने हुनाले लामा गुरुलाई यसको अध्ययन जरुरी भएको उनले बताए ।

काठमाडौंवासी आने रिन्छेन चितवनमा आफन्तको भेटघाटमा आएकी हुन् भने अझै केही समय रहने छन् । रिन्छेनले आफूले प्राप्त गरेको शिक्षालाई यहाँको बसाईमा अध्यापन गराइने बताइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -