April 25, 2025

उपत्यकाका विभिन्न स्थानमा सुरक्षा व्यवस्था कडा, २ हजार ५ सय सुरक्षाकर्मी परिचालन

March 28, 2025
- ADVERTISEMENT -

काठमाडौं / गणतन्त्रवादी र राजतन्त्रवादीले आज (शुक्रबार) गर्न लागेको प्रदर्शनलाई ध्यानमा राखेर काठमाडौंका विभिन्न ठाउँमा सरकारले सुरक्षाव्यवस्था कडा पार्ने भएको छ ।

एकै दिन काठमाडौंमा प्रदर्शन गर्ने भएपछि सरकारले सुरक्षा सतर्कता उच्च बनाएको हो । गृह मन्त्रालयले काठमाडौंमा सुरक्षा सतर्कता बढाएको जनाएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यका अनुसार, आज काठमाडौंमा २५ सयभन्दा बढी प्रहरी परिचालन गरिनेछ ।

“शुक्रबार हुने सम्भावित चुनौतीलाई मध्यनजर गर्दै सुरक्षा योजना बनेको छ । आवश्यकताअनुसार थप प्रहरी पनि परिचालन गरिनेछ,” उनले बताए । उनले घुसपैठ हुन नदिन सादा पोसाकका प्रहरी समेत परिचालन गरिनेछ । भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंको कार्यालयमा ‘कमान्ड सेन्टर’ सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

ट्राफिक व्यवस्थापनका लागि १८ सय प्रहरी परिचालन गरिने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीले दिएका छन् । राजावादीहरूको प्रदर्शनका लागि तीनकुने र गणतन्त्रवादीहरूका लागि भृकुटीमण्डप ठाउँ तोकिएको छ ।

- ADVERTISEMENT -