April 20, 2025

सुनको मूल्य आकाशिदैँ, एक लाख ७६ हजारमा कारोबार

March 28, 2025
File photo.
- ADVERTISEMENT -

काठमाडौँ / सुनको मूल्यवृद्धि हालसम्मकै उच्च भएको छ । सुन बिहीबार प्रतितोला रू एक लाख ७४ हजार आठ सयमा कारोबार भएको थियो भने आज (शुक्रबार) एक हजार चार सय बढेर तोलामा रू एक लाख ७६ हजार दुई सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ७३ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला रू २० बढेर रू दुई हजार ४० कायम भएको छ ।

- ADVERTISEMENT -