बुटवल / दाङको तुलसीपुरबाट भारतको अयोध्या प्रस्थान गरेको तीर्थ यात्री बोकेको स्कार्पियो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
तुलसीपुरबाट बिहिबार बिहान छुटेको भारतीय नम्बर प्लेटको यूपी ३१ एसी ७२०० नम्बरको स्कार्पियो गाडी भारतको बहराइचमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।
- ADVERTISEMENT -

दुर्घटनामा परी गाडी चालक तुलसीपुर–७ पर्सेनी निवासी अन्दाजी ३७ वर्षीय युवराज चापागाईंसहित तीन जनाको मृत्यु भएको तुलसीपुर– ७ का वडा अध्यक्ष रामबहादुर जिसीले जानकारी दिए । उनका अनुसार एक जनाको घटनास्थलमा र दुई जनाको भारत बलरामपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयले भारतीय दूतावाससँग सम्पर्क गरेर घटनाबारे बुझिरहेको एसएसपी जनार्दन जिसीले बताए ।























