April 19, 2025

राजावादी समूहले अराजक गतिविधि गरेपछि दुर्गा प्रसाईंलाई पक्राउ गर्ने तयारी

काफ्यू आदेश जारी, नेपाली सेना परिचालन
March 28, 2025
File photo.
- ADVERTISEMENT -

काठमडौं / राजसंस्था पुनस्थापनाको माग गर्दै शुक्रबार आन्दोलनमा होमिएको दुर्गा प्रसाईं नेतृत्वको राजावादी समूहले आगजनी, तोडफोड लगायतका अराजक गतिविधि गरेपछि प्रहरीले दुर्गा प्रसाईंलाई पक्राउ गर्ने तयारी गरेको छ ।

प्रसाईंलाई पक्राउ गर्न सरकारले आदेश दिएको छ । उनीविरुद्ध आजै यौनिक अल्पसंख्यक सुनिलबाबु पन्तले पनि साइबर अपराधमा उजुरी दर्ता गराएका थिए । प्रसाईंलाई पक्राउ गर्न प्रहरी परिचालन भइसकेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्व अधिकारीले बताए ।

काफ्यू आदेश जारी, नेपाली सेना परिचालन
काठमाडौँ । तीनकुने क्षेत्रमा कर्फ्यू आदेश पालना गराउन नेपाली सेना खटाइएको छ । जिल्ला प्रशासन कार्यालयले काठमाडौँमा कर्फ्यू आदेश जारी गरेसँगै नेपाली सेना सडकमा खटिएको हो । काठमाडौँका विभिन्न तीन स्थानमा राति १० बजेसम्म कर्फ्यू जारी गरिएको छ । विमानस्थललगायतका संवेदनशील क्षेत्रमा राजावादी समूहले आगजनी र तोडफोड गर्न थालेपछि सेना खटाइएको हो ।

जिल्ला प्रशासन कार्यालयले बानेश्वर–तीनकुने क्षेत्र, गौशाला–विमानस्थल–गैरीधारा–तीनकुने हुँदै कोटेश्वरसम्म, कोटेश्वरदेखि जडीबुटी पुलसम्म, कोटेश्वरदेखि बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शङ्खमुल पुलसम्म र सम्म चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी भएको जानकारी दिएको छ ।

- ADVERTISEMENT -