२०८३ बैशाख ८, मंगलवार
April 21, 2026
२०८३ बैशाख ८, मंगलवार
April 21, 2026 Tuesday
- ADVERTISEMENT -

राजावादी समूहले अराजक गतिविधि गरेपछि दुर्गा प्रसाईंलाई पक्राउ गर्ने तयारी

काफ्यू आदेश जारी, नेपाली सेना परिचालन
प्रकाशित मिति : २०८१ चैत्र १५ गते
File photo.

काठमडौं / राजसंस्था पुनस्थापनाको माग गर्दै शुक्रबार आन्दोलनमा होमिएको दुर्गा प्रसाईं नेतृत्वको राजावादी समूहले आगजनी, तोडफोड लगायतका अराजक गतिविधि गरेपछि प्रहरीले दुर्गा प्रसाईंलाई पक्राउ गर्ने तयारी गरेको छ ।

प्रसाईंलाई पक्राउ गर्न सरकारले आदेश दिएको छ । उनीविरुद्ध आजै यौनिक अल्पसंख्यक सुनिलबाबु पन्तले पनि साइबर अपराधमा उजुरी दर्ता गराएका थिए । प्रसाईंलाई पक्राउ गर्न प्रहरी परिचालन भइसकेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्व अधिकारीले बताए ।

- ADVERTISEMENT -

Advertisement

काफ्यू आदेश जारी, नेपाली सेना परिचालन
काठमाडौँ । तीनकुने क्षेत्रमा कर्फ्यू आदेश पालना गराउन नेपाली सेना खटाइएको छ । जिल्ला प्रशासन कार्यालयले काठमाडौँमा कर्फ्यू आदेश जारी गरेसँगै नेपाली सेना सडकमा खटिएको हो । काठमाडौँका विभिन्न तीन स्थानमा राति १० बजेसम्म कर्फ्यू जारी गरिएको छ । विमानस्थललगायतका संवेदनशील क्षेत्रमा राजावादी समूहले आगजनी र तोडफोड गर्न थालेपछि सेना खटाइएको हो ।

जिल्ला प्रशासन कार्यालयले बानेश्वर–तीनकुने क्षेत्र, गौशाला–विमानस्थल–गैरीधारा–तीनकुने हुँदै कोटेश्वरसम्म, कोटेश्वरदेखि जडीबुटी पुलसम्म, कोटेश्वरदेखि बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शङ्खमुल पुलसम्म र सम्म चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी भएको जानकारी दिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.71
149.31
European Euro
1
175.08
175.78
UK Pound Sterling
1
201.08
201.89
Swiss Franc
1
190.39
191.15
Australian Dollar
1
106.45
106.88
Canadian Dollar
1
108.65
109.09
Singapore Dollar
1
117.00
117.47
Japanese Yen
10
9.36
9.40
Chinese Yuan
1
21.81
21.90
Saudi Arabian Riyal
1
39.65
39.81
Qatari Riyal
1
40.80
40.96
Thai Baht
1
4.63
4.65
UAE Dirham
1
40.49
40.65
Malaysian Ringgit
1
37.62
37.78
South Korean Won
100
10.11
10.15
Swedish Kroner
1
16.25
16.32
Danish Kroner
1
23.43
23.52
Hong Kong Dollar
1
18.99
19.07
Kuwaity Dinar
1
485.43
487.38
Bahrain Dinar
1
394.30
395.89
Omani Rial
1
386.25
387.81