२०८२ कार्तिक २१, शुक्रबार
November 7, 2025
२०८२ कार्तिक २१, शुक्रबार
November 7, 2025 Friday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

जिप्रका काठमाडौंद्वारा कर्फ्यु हटाइयो

प्रकाशित मिति : २०८१ चैत्र १६ गते
file photo.
- ADVERTISEMENT -

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले लगाएको कर्फ्यु हटाएको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार शनिबार बिहानसम्म थप गरिएको कर्फ्यु आदेशलाई स्थगित गरिएको हो ।

शुक्रबार राजावादीहरूको प्रदर्शन उग्र बनेपछि प्रशासनले पहिलो पटक काठमाडौंका केही क्षेत्र, विशेष गरी तीनकुने आसपास, लक्षित गर्दै राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो । 

- ADVERTISEMENT -

Advertisement

तर, अवस्था नियन्त्रणमा नआएपछि शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्मका पाँच स्थानमा शनिबार बिहान ७ बजेसम्म कर्फ्युको अवधि थपिएको थियो । तर बिहान ७ बजेबाट कर्फ्यु आदेश स्थगित गरिएको प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ ।

यस क्रममा हिंसात्मक झडपमा केही स्थानमा तोडफोड र आगजनीका घटनाहरू भए । प्रशासनले जारी गरेको आदेश अवज्ञा गर्दै प्रदर्शनकारीहरू आक्रामक बनेका थिए । 

घटनामा एक पत्रकारसहित दुई जनाले ज्यान गुमाएका छन् भने सुरक्षाकर्मीहरूसहित दर्जनौं व्यक्ति घाइते भएका छन् । हाल कर्फ्यु हटे पनि सुरक्षा व्यवस्था कडा बनाइएको छ, र प्रशासनले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -