२०८३ बैशाख ८, मंगलवार
April 21, 2026
२०८३ बैशाख ८, मंगलवार
April 21, 2026 Tuesday
- ADVERTISEMENT -

‘धर्म, संस्कार र संस्कृतिको जगेर्नामा जोड दिनुपर्छ’

२१ फिट बुद्धको मूर्ति अनावरण, आनी याङछानद्वारा बौद्ध ज्ञानको सन्देश
प्रकाशित मिति : २०८१ चैत्र २० गते

– बबिलाल तामाङ
चितवन । भरतपुर महानगरपालिका वडा नं. १, देवघाटस्थित बुद्ध पार्कमा २१ फिट अग्लो (जमिन सतहदेखि) बुद्धको मूर्ति अनावरण गरिएको छ ।

बागमती प्रदेश सरकारका संविधान सभा सदस्य ईश्वर सापकोटा ‘सुमन’ले देछेन थार्वालिङ बौद्ध गुम्बा परिसरमा निर्माण गरिएको उक्त बुद्धको मूर्तिको सोमबार अनावरण गरेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका संविधान सभा सदस्य सापकोटाले दियो प्रज्वलन गरी उद्घाटन गरेका हुन् ।

कार्यक्रमको उद्घाटन पश्चात बोल्दै प्रमुख अतिथि सापकोटाले बुद्ध पार्कमा निर्मित बुद्धको मूर्तिले पूर्णता नपाएको बताए । आगामी बजेटबाट तारबारको लागि बजेट विनियोजनको लागि पहल गर्नेप्रतिबद्धता व्यक्त गरे ।

उनले देवघाट क्षेत्र विकासका लागि यहाँ रहेका सबै मठ, मन्दिर, गुम्बालगायतका व्यक्तित्वहरुको सर्वदलीय बैठकबाट प्रतिवेदनसहित बागमती प्रदेश सरकारमा आएमा बजेट विनियोजन गर्न सहज हुने जिकिर गरे । बागमती प्रदेश सरकारले विभिन्न वार्षिक बजेटमा देवघाटसँग सम्बन्धित सबै किसिमका धर्म र संस्कृतिसँग जोडिएको सबै मठ मन्दिर गुम्बा लगायतलाई बजेट विनियोजन गर्दै आएको उनको भनाइ थियो ।

देवघाटमा निर्माण गरिएको बुद्ध मुर्ति र बुद्ध पार्कको हरेक गुठी, गुम्बा र सबै समुदायहरुमा सन्देश प्रवाह गर्न उनको आग्रह थियो ।

उनले धर्म, संस्कार र संस्कृति जगेर्नाका लागि सदैव हातेमालो गर्दै अघि बढ्ने विश्वास दिलाए ।

भरतपुर महानगरपालिकाको बजेटमा बुद्ध मूर्ति र बुद्ध पार्कको निर्माण गरिएको हो भने तारबारका लागि पनि आवश्यक बजेट निकासा गरी दिने मेयर रेनु दाहालको प्रतिबद्धता पनि उनले सार्वजनिक गरे ।

कार्यक्रममा अहिंशावादी विश्वशान्ति चक्र संघका केन्द्रीय उपसचिव आनी याङछान डोल्मो लामाले बुद्ध भजन तथा बौद्ध ज्ञानबारे प्रकाश पारेका हुन् ।

देछेन थार्वालिङ बौद्ध गुम्बा निर्माण व्यवस्थापन समितिका उपाध्यक्ष सविता लामाले स्वागत मन्तव्य दिइन् ।

कार्यक्रममा धर्मगुरु खेन्वु पेमा सम्बा लामा, संरक्षक प्रमुख लामा, प्रेम दोर्जे लामा, भरतपुर नगर तामाङ समाजका निवर्तमान अध्यक्ष पासाङ लामा, मञ्जुश्री म्हानिपा आमा समूहका अध्यक्ष चिनीमाया पाख्रिन, फोनिज चितवनका सचिव आशिक रानामगर, तामाङ पत्रकार संघ चितवनका अध्यक्ष प्रकाश ब्लोन तामाङ लगायत विभिन्न संघ संगठनका प्रतिनिधिहरुको उपस्थिति थियो ।

देछेन थार्वालिङ बौद्ध गुम्बा निर्माण समितिका संयोजक शम्भुलाल पाख्रिनको अगुवाईमा बुद्ध पार्क र बुद्ध मूर्तिको निर्माण सम्पन्न गरिएको हो ।

कार्यक्रम देछेन थार्वालिङ बौद्ध गुम्बाका अध्यक्ष सुकमाया मोक्तानको अध्यक्षतामा सम्पन्न भएको थियो ।

देवघाट क्षेत्रमा पहिलो पटक निर्माण गरिएको बुद्धको मूर्ति जिल्लाकै ठूलो भएको गुम्बाले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.39
148.99
European Euro
1
174.56
175.26
UK Pound Sterling
1
200.57
201.38
Swiss Franc
1
189.79
190.56
Australian Dollar
1
106.37
106.80
Canadian Dollar
1
108.37
108.80
Singapore Dollar
1
116.83
117.30
Japanese Yen
10
9.35
9.39
Chinese Yuan
1
21.77
21.85
Saudi Arabian Riyal
1
39.56
39.72
Qatari Riyal
1
40.70
40.86
Thai Baht
1
4.65
4.66
UAE Dirham
1
40.40
40.56
Malaysian Ringgit
1
37.54
37.70
South Korean Won
100
10.11
10.16
Swedish Kroner
1
16.19
16.26
Danish Kroner
1
23.36
23.45
Hong Kong Dollar
1
18.95
19.02
Kuwaity Dinar
1
484.38
486.34
Bahrain Dinar
1
393.61
395.20
Omani Rial
1
385.93
387.49