April 26, 2025

रवि लामिछाने भैरहवा कारागार चलान, धरौटी आदेश खारेज

April 7, 2025
File photo.
- ADVERTISEMENT -

काठमाडौँ । बुटवलको सुप्रिम सहकारी प्रकरणमा मुद्दा अघि बढ्दै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई पक्राउ गरेर भैरहवा कारागार पठाइएको छ । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार, लामिछानेलाई सोमबार अदालती प्रक्रिया पूरा गरेपछि कारागार पठाइएको हो ।

लामिछानेलाई शुक्रवार राति काठमाडौँ स्थित आफ्नो घरबाट पक्राउ गरिएको थियो । त्यसपछि उनलाई चैत २३ गते बिहान ९:१२ बजे यति एअरलाइन्सको विमानमार्फत गौतमबुद्ध विमानस्थल ल्याइयो र यहाँको हिरासतमा राखिएको थियो । 

सरकारी विदाका कारण उनले दुई दिन हिरासतमा बिताए, र आज उनलाई जिल्ला अदालत रुपन्देही लगेर थुनुवा पुर्जी दिइ कारागार पठाइएको डीएसपी सुरज कार्कीले जानकारी दिए । अब, अदालतको फैसला नभएसम्म लामिछाने सोही कारागारमा रहनेछन् ।

गत शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई सहकारीको रकम ठगेको आरोपमा थुनामा पठाउन आदेश दिएको थियो ।

न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको नेतृत्वमा उक्त आदेश जारी भएको थियो । यसअघि, जिल्ला अदालत रुपन्देहीले उनलाई १ करोड धरौटीमा छाड्ने आदेश दिएको थियो, तर उच्च अदालतको आदेशले यो धरौटी आदेशलाई खारेज गरिदिएको थियो ।

- ADVERTISEMENT -