२०८२ कार्तिक २१, शुक्रबार
November 7, 2025
२०८२ कार्तिक २१, शुक्रबार
November 7, 2025 Friday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

एकीकृत समाजवादीद्वारा सरकारको ध्यानाकर्षण : तीनकुने घटनामा संलग्नलाई कडा कारवाहीको माग

प्रकाशित मिति : २०८१ चैत्र २६ गते
- ADVERTISEMENT -

चितवन / नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) चितवनले चैत १५ गते राजधानीस्थित तीनकुनेमा भएको घटनाको विषयमा चितवनका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको छ ।

नेकपा (एकीकृत समाजवादी), नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी र नेपाल समाजवादी पार्टीसमेत गरी चार राजनैतिक दल आवद्ध समाजवादी मोर्चा नेपालद्वारा चैत १५ गते काठमाडौंको भृकुटीमण्डपमा बृहत् जनर्शन तथा विशाल जनसभा आयोजना गरिरहँदा उक्त कार्यक्रमलाई असफल तुल्याउन कुत्सित मनसायले कथित राजावादी, प्रतिगामी, धार्मिक अतिवादी तथा दक्षिणपन्थी शक्तिले सोही दिन योजनावद्ध तरिकाले कार्यक्रम जुधाइ ठूलो जनधनको क्षति पु¥याएको भन्दै उक्त घटनामा सामेल सबैलाई कानुनी कारवाहीमा ल्याउन माग गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

समाजवादी मोर्चाद्वारा आयोजित जनप्रदर्शनले लाखौँ जनता गणतन्त्र, सुशासन तथा समाजवादी मोर्चाको पक्षमा रहेको सन्देश प्राप्त भएको एकीकृत समाजवादी चितवनका अध्यक्ष नरेन्द्रकुमार कन्दङ्वाले बताए । मोर्चाले आयोजना गरेको कार्यक्रममार्फत् तथाकथित राजावादी, दरवारिया र अराजकतावादीहरूको मुटु हल्लिनुका साथै वर्तमान सत्तासिनहरुलाई समेत सचेत गराएको पार्टीको दाबी छ ।

तर, कथित राजावादी, प्रतिगामी धार्मिक अतिवादी तथा दक्षिणपन्थी शक्तिले सोही दिन योजनावद्धरुपमा कार्यक्रम जुधाइ तीनकुनेमा उदण्ड, विध्वङ्सात्मक, अराजक तथा आततायी घटना घटाएको भन्दै पार्टीले उक्त घटनाका योजनाकारलाई छाड्न नहुने बताएको छ ।

गणतन्त्र स्थापनाका लागि कम्युनिस्ट पार्टीले खेलेको भूमिकाबाट बिचलित रहँदै आएका तत्वहरुले एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालयलाई केन्द्रित गरी योजनावद्ध आक्रमण तथा तोडफोड गरी लुटपाट मच्चाएको भन्दै उक्त घटनामा सहभागी कसैलाई पनि छाड्न नहुने चितवन जिल्ला अध्यक्ष कन्दङ्वाले बताए ।

अराजक भीडले तीनकुने, कोटेश्वर, बालकुमारी र जडिबुटी क्षेत्रमा निजी घर सम्पत्ति, पसल, मुपरमार्केट, कार्यस्थल, राष्ट्रिय औद्योगिक प्रतिष्ठान, जडिबुटी औषधि प्रशोधन केन्द्र, सञ्चारमाध्यमका कार्यालय, सवारी साधन, निजी तथा सरकारी यातायातका साधनहरुमा तोडफोड गर्ने तथा जलाउने, लुटपाट मच्चाउने, पत्रकारलाई ज्युँदै जलाउनेजस्ता रक्तपात एवम् हिंसात्मक कार्यप्रति पार्टीले आपत्ति जनाएको छ ।

‘यस प्रकारको विध्वङ्सात्मक, अराजक तथा हिंसात्मक घटनाप्रति हाम्रो पाटी घोर निन्दा र भत्र्सना गर्दछ,’ उनले भने, ‘चैत्र १५ गतेको उक्त आपराधिक घटनामा संलग्न व्यक्ति र तिनका मतियारहरुलाई कानुनबमोजिम कडाभन्दा कडा सजायको माग गर्दछौँ ।’

साथै उक्त घटनामा परी घाइते भएकाहरूको निःशुल्क उपचार गर्न, जिउँदै जलाइएका एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकलाई शहीद घोषणा गर्न, क्षति भएका सम्पत्तिको क्षतिपूर्ति गर्न, हिंसा र अराजक गतिविधिलाई नियन्त्रण गर्न संविधानअनुसार नागरिकको जिउज्यान तथा सम्पत्तिको सुरक्षा गर्न जोडदार माग गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -