२०८३ श्रावण २, शनिबार
July 18, 2026
२०८३ श्रावण २, शनिबार
July 18, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

‘मेड इन नेपाल एक्स्पो’को आज शुभारम्भ, मेयर रेनु दाहालले उद्घाटन गर्ने

प्रकाशित मिति : २०८१ चैत्र २९ गते

चितवन / नारायणगढको क्याम्पाचौरमा नेपाली युवा उद्यमी मञ्च चितवन च्याप्टरको आयोजनामा आज (शुक्रबार) देखि ‘बाह्रसिंगे मेड इन नेपाल एक्स्पो एण्ड फुड फेस्टिभल’ हुँदैछ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बिहान ११ बजे एक्स्पोको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । नयाँ वर्ष २०८२ सालको अवसरमा हुन लागेको एक्स्पो एण्ड फुड फेस्टिवल वैशाख २ गते समापन हुने नेपाली युवा उद्यमी मञ्च चितवन च्याप्टरका अध्यक्ष तथा फुड फेस्टिभल संयोजक उमेश श्रेष्ठले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

एक्स्पोमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म नेपालमा उत्पादित वस्तुको प्रदर्शनी हुनेछ । साँझ ६ बजेदेखी राति ९ बजेसम्म फुड फेस्टिभलसँगै कन्सर्ट हुनेछ । साँझ छ बजेपछि टिकट लागु हुनेछ ।

बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म एक्स्पो अवलोकन गर्दा कुनै शुल्क नलाग्ने श्रेष्ठले बताए । एक्स्पोमा देशका विविध जातीयता र क्षेत्रीय भान्साका विभिन्न परिकारहरुको प्रदर्शनी गरिने छ । फुड फेस्टिवल तथा कन्सर्ट हेर्नका लागि भने टिकटको व्यवस्था गरिएको छ । खल्ती एपमार्फत अग्रिम टिकट खरिद गर्दा प्रति टिकट ३०० रुपौयाँ लाग्ने छ भने सोहीदिन एप मार्फत वा काउन्टरबाट टिकट किन्दा ५०० रुपैयाँ शुल्क लाग्ने छ ।

- ADVERTISEMENT -

Advertisement

फुड फेस्टिबलमा स्टार्ट अपका १० वटा स्टल रहनेछन् । उत्कृष्ट स्टार्ट अप व्यवसायीलाई नगद ५० हजार रुपैयाँले पुरस्कृत गरिने नेपाली युवा उद्यमी मञ्च चितवन च्याप्टरका पूर्वअध्यक्ष सूर्यभक्त अधिकारीले जानकारी दिए । अल्पसंख्यक समुदायले उत्पादन गरेका वस्तु प्रदर्शनीका लागि १० वटा स्टल निःशुल्क उपलब्ध गराइएको छ ।

एक्स्पोमा विभिन्न विषयमा युवामुखी प्यानल छलफलहरु चलाइने उनको भनाई छ । युवा उद्यमी मञ्चले सन् २०१७ देखि चितवन महोत्सव परिसरमा मेड इन नेपाल एक्स्पो आयोजना गर्दै आएको थियो । तीन वटा संस्करणपछि अहिले छुट्टै वृहत एक्स्पो गर्न लागिएको हो । नेपालमै उत्पादन वृद्धि र रोजगारी सिर्जनाको लागि एक्स्पो फलदायी हुने अपेक्षा गरिएको छ ।

एक्स्पो अवलोकनका लागि गेट पासको व्यवस्था गरिएको छ । गेट पास लिएर एक्स्पो अवलोकन गर्ने भाग्यशाली व्यक्तिले मोबाइल उपहार प्राप्त गर्ने छन् । ‘गेट पास पाएका अवलोकनकर्ताले गेट पासको पछाडि आफ्नो नाम र मोबाइल नम्बर लेखेर बक्समा हाल्नुपर्ने हुन्छ । एक्स्पोको अन्तिम दिन एक जना भाग्यशाली अवलोकनकर्तालाई लक्की ड्र मार्फत मोबाइल उपहार प्रदान गर्ने छौँ’, उनले भने ।

एक्स्पोमा कृषि, निमार्ण सामग्री, प्रविधि, हस्तकला, परम्परागत कपडा, फुड एण्ड बेभरेज, ग्रीन इन्डस्ट्री, रियल स्टेट, टेक्नोलोजी तथा इनोभेसन लगायत विभिन्न क्षेत्रमा क्रियाशिल व्यवसायीहरु सहभागी हुनेछन् । १०० भन्दा बढी स्टलहरु रहने एक्स्पोमा प्रत्येक दिन राष्ट्रिय तथा स्थानीयस्तरका कलाकारहरुको बेजोड प्रस्तुती रहने नेपाली युवा उद्यमी मञ्च चितवन च्याप्टरका पूर्वअध्यक्ष निरन्जन न्यौपानेले जानकारी दिए । उनका अनुसार सांगीतिक कार्यक्रममा चैत २९ गते द एज व्याण्ड, चैत ३० गते रकहेड, चैत ३१ गते पूर्ण राई र द परिवर्तन, बैशाख १ गते द स्वर र बैशाख २ गते उदय र झक्कासको विशेष प्रस्तुती रहने छ ।

फुड फेस्टिवलमा थकाली, थारु, तामाङ, नेवारी, तराई र अन्य परिकारहरुको स्वादको विविधता पाइनेछ, जसमा अर्गानिक उत्पादन, लाइभ कुकिङ डेमो, फुड आर्ट डिस्पले र फोटो फ्रेन्ड्ली डिजाइन क्षेत्रहरु समावेश हुनेछन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.76
154.36
European Euro
1
175.85
176.53
UK Pound Sterling
1
206.60
207.41
Swiss Franc
1
190.34
191.09
Australian Dollar
1
107.17
107.59
Canadian Dollar
1
109.57
110.00
Singapore Dollar
1
119.11
119.58
Japanese Yen
10
9.47
9.51
Chinese Yuan
1
22.69
22.78
Saudi Arabian Riyal
1
40.94
41.10
Qatari Riyal
1
42.17
42.34
Thai Baht
1
4.57
4.59
UAE Dirham
1
41.86
42.03
Malaysian Ringgit
1
37.55
37.69
South Korean Won
100
10.35
10.39
Swedish Kroner
1
15.91
15.97
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.61
19.69
Kuwaity Dinar
1
500.03
501.98
Bahrain Dinar
1
407.85
409.44
Omani Rial
1
399.36
400.91